पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आज देखि लागू हुने गरी तीन मोडलका मोटरसाइकलको मूल्यमा सामान्य वृद्धि गरेको छ ।

बजाज पल्सर २२० एफ एबीएसको मूल्य पहिले ४ लाख ११ हजार ९ सय रुपैयाँ पुगेको छ । यसको मूल्य पहिले ४ लाख १० हजार ९ सय रुपैयाँ थियो ।

त्यसैगरी पल्सर १५० एसडीको मूल्य ३ लाख १० हजार ९ सय र पल्सर १५० टीडीको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ पुगेको छ । यी दुई मोडलको मूल्य पहिले क्रमशः ३ लाख ९ हजार ९ सय र ३ लाख २८ हजार ९ सय रुपैयाँ थियो ।

तीनै मोडलको मूल्यमा १ हजार रुपैयाँले वृद्धि भएको हो । बजाजका अन्य सबै मोडलको मूल्य भने यथावत छ ।

नेपाली बजारमा बजाजका पल्सर सिरिज निकै नै लोकप्रिय छन् । यसका सबैभन्दा बढी मोडल पनि उपलध छन् । पल्सर बाहेक बजाजका प्लाटिना, डिस्कभर, एभेन्जर र डोमिनार लगायतका मोडल नेपाली बजारमा छन् ।

नेपाली बजारमा बजाजका स्कुटर भने उपलब्ध छैन । बजाजले स्कुटर उत्पादन गरेको छैन । केही समय पहिले देखि भारतमा बजाज चेतक इलेक्ट्रिक स्कुटर भने उपलब्ध छ । नेपाली बजारमा पनि सो स्कुटर केही समय पछि उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौँ–तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ ।...

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौं – रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । सो बजाज...

२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...