नक्सालमा खुल्याे केटीएम माेटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम

काठमाडौं - केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा आएको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलास चन्द एड कम्पनीले बिक्री गर्दै आएको उक्त मोटरसाइकलको  शोरुम उद्घाटनसँगै औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

आइतबार आयोजित शोरुम उद्घाटन समारोहमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाका साथै निर्देशक अभिमन्यु गोल्छाको पनि सहभागिता रहेको थियो । स्पोर्ट्स, एड्भेन्चर तथा डर्ट बाइकका लागि प्रसिद्ध केटीएम मोटरसाइकल युवा माझ नेपाली बजारमा निकै लोकप्रिय छ । 

कम्पनीका अनुसार केटीएम मोटरसाइकलका योसँगै १८ वटा शोरुम पुगेका छन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले केटीएम मोटरसाइकलको नयाँ शोरुम विस्तार गर्दै बिक्रीसँगै गुणस्तर सर्भिसमा प्रतिबद्ध रहेको बताए । ‘नक्सालमा केटीएम मोटरसाइकलको शोरुम पहिलाबाटै थियो, उक्त शोरुमको ठाउँमै नक्सालको अर्को स्थानमा सारेर शोरुम सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

केटीएम मोटरसाइकलका अहिले नेपाली बजारमा ७ वटा मोडलका बाइक बिक्री हुँदै आएका छन् ।  

तीव्र गति, उत्कृष्ट सस्पेन्सन र दमदार इन्जिन क्षमता यी मोटरसाइकलका विशेषता हुन् । केटीएम मोटरसाइकले प्रायः ट्र्याक,रेसिङका लागि उत्कृष्ट ह्यान्डलिङ र स्थिरता प्रदान गर्छन् । यो मोटरसाइकल चढ्न चाहने व्यक्तिहरूको लागि प्रेरणा र उत्साह बढाउने पनि गोल्छाले बताए । 

नेपालमा बजारमा केटीएम ड्युक २००, केटीएम आरसी २००, केटीएम ड्युक ५५० जेन ३, केटीएम आरसी ३९०, केटीएम आरसी ३९०, केटीएम ड्युक ३९०, केटीएम २५० एड्भेन्चर र केटीएम ३९० एड्भेन्चर मोडलको मोटरसाइकल बिक्री हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

स्पोर्ट्स बाइक सेग्मेन्टमा नयाँ विकल्प थप्दै केटीएम आरसी १६० लन्च

स्पोर्ट्स बाइक सेग्मेन्टमा नयाँ विकल्प थप्दै केटीएम आरसी १६० लन्च

स्पोर्ट्स बाइक सेग्मेन्टमा नयाँ विकल्प थप्दै केटीएमले नयाँ फुल फेयर्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...