चितवनमा महिला मोटर र्‍याली आयोजना हुने

चितवनमा महिला मोटर र्‍याली आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने यो र्‍याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

यस सम्बन्धी प्रेस मिट आज सेभेन स्टार होटल, सौराहामा सम्पन्न भयो । बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, रेबान चितवनका अध्यक्ष धुव गिरी, नेपाल चेम्बर्स अफ कमर्सका कार्यकारी सदस्य गोपाल भट्टराई तथा पत्रकार महासंघ चितवनकी अध्यक्ष शान्ता अधिकारी सहितको उपस्थितिमा सम्पन्न साे प्रेस मिटमा समग्र चितवनको साहसिक खेलकुदमार्फत दिगो पर्यटन र महिला सशक्तिकरणको क्षेत्रमा महिला मोटर -यालीले पार्ने सकारात्मक प्रभावको बारेमा समेत चर्चा गरियो ।

प्रतियोगिता आगामी चैत्र २५ गते हुनेछ, जसमा नेपालभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन्। र्‍याली भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्ग हुँदै सञ्चालन गरिनेछ।

प्रतियोगिताका सहभागीले तोकिएको गतिको पालना गर्दै, तोकिएका चेकपोइन्ट पार गर्नुपर्नेछ। प्रतियोगिताको प्रारम्भ चितवन उद्योग वाणिज्य संघ, भरतपुरबाट गरिनेछ भने समापन सौराहामा हुनेछ।

प्रतियोगितामा ३० वटा गाडी र ६० जना महिला चालक सहभागी हुनेछन्। सहभागी हुन इच्छुक महिला चालकहरूले अनलाइन फारम भरी नाम दर्ता गर्न सक्नेछन्, तर त्यसका लागि नासा नेपालबाट जारी स्पोर्ट्स लाइसेन्स लिनुपर्नेछ।

प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने २ जना महिला चालकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ। प्रतियोगितामा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल टोली र अन्य गरी १०० जनाको सहभागिता रहनेछ।

यस प्रतियोगिताको लागि प्रत्येक सहभागीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने जनाइएको छ। चितवन बाहिरबाट आउने सहभागीहरूका लागि एक रातको आवास व्यवस्था गरिनेछ भने सहभागीहरूलाई खेलकुद बीमा, रेसिङ तथा रोड सेफ्टी सम्बन्धी ओरियन्टेसन समेत प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्नेछिन् । करिब ११ लाख ६० हजार रुपैयाँ बजेट अनुमान गरिएको यस कार्यक्रमको व्यवस्थापन स्थानीय उद्यमी, व्यवसायी तथा दर्ता शुल्कबाट गरिनेछ।

साथै, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोबाइल्स डिलर एसोसिएसन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद र रेवान सौराहा यस प्रतियोगितामा सहयोगी संस्था रहनेछन्।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजनमार्फत गरिनेछ भने नेपाल अटोमोबाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय प्रशिक्षित मार्शलहरू निर्णायकको रूपमा रहनेछन्। यस र्‍यालीले महिला सशक्तिकरण, साहसिक खेलकुद प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

सम्बन्धित समाचारहरू

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई...

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

काठमाडौं – कुनै बेला कोलकाताबाट लण्डन सम्म जाने बस यात्राको सम्झनामा ९ जना...

अटो नेपाल म्यागजिनलाई २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

अटो नेपाल म्यागजिनलाई २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...