आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

काठमाडौं - आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन लागिपरेका पूर्वराजा समर्थकले काठमाडौंका सडकमा शक्ति प्रदर्शन गर्दैछन् । काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादी पक्षलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ । त्यसका लागि आज सुरक्षा व्यवस्थाका साथै सवारी आवागमनमा पर्ने प्रभाव पर्ने देखिन्छ ।

प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्काे, कोटेश्वर हुँदै तीनकुने आउनेछ । यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउनेगरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ ।

समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रै सीमित राख्ने प्रशासनको योजना रहेको छ । मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेगरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

यसरी रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ । प्रदर्शनका कारण आउन सक्ने विभिन्न सवारी आवागमन सम्बन्धि जोखिमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन गरिनुका साथै एक हजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी छ ।

गणतन्त्रवादी र राजावादीले सडकमा कति मानिस उतार्छन् यसै भन्न सकिने अवस्था छैन। यद्यपी सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ५ सय प्रहरी खटाउने भएको छ । यसको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गर्ने भएका छन् ।

सम्बन्धित समाचारहरू

विशेष परिस्थितिमा मात्र हर्न प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

विशेष परिस्थितिमा मात्र हर्न प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक रुपमा...

अब देश सुरुङ युगमा प्रवेश, यी स्थानमा बन्दै छन् सुरुङ र अन्य मार्ग

अब देश सुरुङ युगमा प्रवेश, यी स्थानमा बन्दै छन् सुरुङ र अन्य मार्ग

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट प्रस्तुत गर्दै...

अब उपत्यकाका ७ ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्न सकिने (सूची सहित)

अब उपत्यकाका ७ ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्न सकिने (सूची सहित)

काठमाडौं – ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...