लन्च भएको ४ महिनापछि सुरु भयो महिन्द्रा बीई६ को डेलिभरी, कहिले आउला नेपाल ?

महिन्द्राले आफ्नो चर्चित इलेक्ट्रिक एसयुभी बीई६ ग्राहकलाई डेलिभरी दिन थालेको छ । गत वर्ष नोभेम्बरमा लन्च गरिएको बीई ६ लाई कम्पनीले ४ महिनापछि डेलिभरी दिन थालेको हो । भारतमा यसको मूल्य १८ लाख ९० हजारदेखी सुरु हुन्छ ।

ईंग्लो प्लेटफर्ममा बनेको सो ईभी ५९ किलोवाट आवर र ७९ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । बीई६ ले एकपटकको फुल चार्जमा ६०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

बीई सब ब्रान्ड अन्तर्गतको पहिलो मोडलका रुपमा आएको यसको डिजाइन बीई.०५ कन्सेप्टमा आधारित छ । इलेक्ट्रिक एसयुभीमा स्लिम र आक्रामक देखिने फ्रन्ट फेसियाको साथ एथलेटिक लुक दिइएको छ । पछाडि, एलईडी लाइटबारसंग कनेक्सन गरिएको एलईटी टेललाइटहरू र स्प्लिट रियर स्पोइलर राखिएको छ ।

बीई६ को इन्टेरियरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीको लागि दुईवटा १२.३ इन्चको स्क्रिन, टु–स्पोक स्टेयरिङ ह्वील, हेड–अप डिस्प्ले, वायरलेस चार्जिङ, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, मेमोरी फंक्सन सहितको ड्राइभर सिट, इन–बिल्ट वाइफाइको साथ ५जी कनेक्टिभिटी र १६–स्पिकर हर्मन कार्डन साउन्ड सिस्टम पाउन सकिन्छ ।

बीई६ नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको एसयुभी हो । भारतीय बजारमा लन्च भएललगत्तै चर्चा पाएको यस ईभी नेपाल आउने विषयमा भने कुनै टुंगो लाग्न सकेको छैन । ईभी उत्पादनका लागि महिन्द्रासंग क्षमता कम हुनु र भारतिय बजारको माग पुरा भएपछि मात्र नेपाल पठाउने कम्पनीको रणनितीका कारण बीई६ तत्कालै नेपाल आउने संभावना देखिँदैन ।

सम्बन्धित समाचारहरू

अग्नी समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

अग्नी समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

काठमाडौँ – अग्नी समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा...

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

एक्सईभी ९ई र बीई ६ को प्याक टु भेरिएन्ट अव ७९ किलोवाट आवर ब्याट्री प्याकमा पनि

एक्सईभी ९ई र बीई ६ को प्याक टु भेरिएन्ट अव ७९ किलोवाट आवर ब्याट्री प्याकमा पनि

महिन्द्राले आफ्नो बोर्न इलेक्ट्रिक एसयुभीहरूको प्याक टु भेरियन्टमा ७९...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...