ओमोडा एन्ड जेइको बन्यो १७औं रोटरी डिस्ट्रिक्ट सम्मेलनको शीर्ष प्रायोजक

काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘रोटरी इनटरनेसनल डिस्ट्रिक्ट ३२९२ – नेपाल तथा भुटान’ को ‘१७औँ जिल्ला सम्मेलन’लाई शीर्ष प्रायोजक (टाइटल स्पोन्सर)को रूपमा प्रायोजन गरेको छ ।

चैत ८ देखि सुरु भएको सो प्रतिष्ठित सम्मेलन चैत १० सम्म सम्पन्न भएको थियो । ललितपुरको जावलाखेलस्थित द प्लाजामा आयोजना भएको सो सम्मेलनमा देशभरका २ हजारभन्दा बढी विशिष्ट व्यक्तित्वहरू, रोटरियनहरू र अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी थिए ।

सम्मेलनमा रोटरी इन्टरनेसनल प्रेजिडेन्ट अफिसका प्रतिनिधि तथा मलेसिया र सिंगापुरका डिस्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो । सन् १९०५ मा स्थापित रोटरी इन्टरनेसनलमा विश्वभर १४ लाखभन्दा बढी सदस्यहरू दिगो परिवर्तनको अग्रदूतको रूपमा सामुदायिक विकास, साक्षरता, शान्ति, स्वास्थ्य सेवा र पोलियो उन्मूलनजस्ता महत्वपूर्ण क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।

सम्मेलनको शीर्ष प्रायोजकको रूपमा एसपीजी अटोमोबाइल्सले समुदायलाई सशक्त बनाउने र साझा प्रगति प्रेरित गर्ने कार्यलाई सहर्ष समर्थन गरेको बताएको छ । एसपीजी अटोमोबाइल्स दिगो उद्देश्यका साथ नवीनता ल्याउने प्रतिबद्धता बोकेको कम्पनी भएको र यो साझेदारी कम्पनीको मूल्य–मान्यता तथा दृष्टिकोणको निरन्तरता भएको बताइएको छ ।

यो सहकार्यले सामाजिक प्रभाव, अर्थपूर्ण सहकार्य र समुदाय–केन्द्रित नेतृत्वप्रति कम्पनीको प्रतिबद्धतालाई मूर्तरूप दिने काम गर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

चीनको दोस्रो ठूलो अटोमोबाइल ग्रुप चांगानले इन्टेलिजेन्ट कार...

यस्तो हुनेछ महिन्द्राले सार्वजनिक गर्ने नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० का १० विशेषता

यस्तो हुनेछ महिन्द्राले सार्वजनिक गर्ने नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० का १० विशेषता

महिन्द्रा एन्ड महिन्द्रा कम्पीले भारतमा पहिलो इलेक्ट्रिक एसयूभी...

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा मोटर्सले टाटा पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...