दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौं - नेपाली ईभीप्रेमीहरुका लागि प्रिमियम ईभीको पहुँचलाई अझ धेरै सहज बनाउन नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने कम्पनीको भनाइ छ ।

याे स्किमअन्तर्गत अब दिपलका ईभीहरु मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । दिपलको प्रिमियम ईभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी आफ्नो बनाउन सकिनेछ ।

यसका अलावा, ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदर मा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउनेछन् । ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्न व्यवस्था एमएडब्लु वृद्धिले गरेको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य सोरुम लगायत देशभरका डिलरहरुमा समेत लागू हुन्छ ।

याे स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागू हुने बताइएको छ ।

आफ्नो कटिङ एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलनीय ड्राइभिङ एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गर्न सफल भएको छ । हालसम्म नेपालमा आठ सयभन्दा बढी दिपल ईभी डेलिभरी भइसकेका छन् । यसको डिजाइन र टेक्नोलोजीबाट ग्राहक निकै सन्तुष्ट भएकाे कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

नयाँ शोरुम सहित बीवाईडी एट्टो३ पोखरामा सार्वजनिक

पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...

प्योर ईभीले इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० ल्याउने, टिजर सार्वजनिक

प्योर ईभीले इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० ल्याउने, टिजर सार्वजनिक

इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी प्योर ईभीले आफ्नो नयाँ ईट्रिस्ट ३५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...