विद्युतीय गाडीको आयातमा छलाङ, ८ महिनामा कुन देशबाट कति आए ?

काठमाडौं - नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा ७ हजार ८० वटा इलेक्ट्रिक भेइकल (ईभी) भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार साउनदेखि फागुनसम्म विभिन्न क्षमताका उक्त संख्यामा गाडी भित्रिएका हुन् ।

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखनिय वृद्धि भइरहेको हो । विभागको तथ्याङक अनुसार ५० किलोवाट क्षमताका ईभी २५ सय ३१, ५१ देखि १०० किलोवाट क्षमताका ३८ सय ७९ र १०१ देखि २०० किलोवाट क्षमताका ६५४ वटा गाडी आयात भएका छन् ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको १४ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएकाे छ । भन्सार विभागका अनुसार १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएका हुन् ।

विभागका अनुसार उक्त मूल्यको गाडी आयात हुँदा सरकारलाई १० अर्ब २२ करोड ११ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नुले ईभीको प्रयोग बढ्दै गएको हो ।

सडक ईभी मय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबै भन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो ८ महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १४ सय ३६ र भारतबाट १ हजार ९४ वटा भित्रिएका छन् । यस्तै, विभागका अनुसार इन्डोनेसिया बाट ५० किलोवाट ब्याट्री क्षमता भएका एक वटा गाडी आएको छ ।

५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट ३१ सय ९७, भारतबाट ६८१ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो । यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ६२४, जर्मनीबाट २४, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् ।

विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट १० र जर्मनीबाट ३ वटा, अमेरिकाबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।यसका साथै ३०० किलोवाट माथिको अहिलेसम्म २ वटा ईभी गाडी चीनबाट आएको विभागको तथ्याङकमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

युद्धसँगै चर्चामा बीवाईडी एट्टो ३ ईभी : जेरुसेलममा रकेट आक्रमण हुँदा जोगिए यात्रु

युद्धसँगै चर्चामा बीवाईडी एट्टो ३ ईभी : जेरुसेलममा रकेट आक्रमण हुँदा जोगिए यात्रु

इरान र अमेरिका तथा इजरायल बिचको युद्धको चर्चासँगै बीवाईडी एट्टो ३ ईभीको...

अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

युरोपीयन संघ र भारतले इलेक्ट्रिक सवारी साधनका ब्याट्री रिसाइक्लिङ...

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...