ओमोडाको नेपालमा १ वर्ष पुरा, ८५० ईभी सडकमा, जेकोको २ नयाँ मोडल आउँदै

काठमाडौं–चिनियाँ अटो निर्माता चेरी अन्तर्गतको ईभी ब्रान्ड ओमोडा नेपाल आएको १ वर्ष पुरा भएको छ । अघिल्लो वर्षको मार्च महिनामा नेपाल आएको ओमोडा ई–५ मोडलसहित ईभी बजारमा प्रवेश गरेको थियो। नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले त्यसपछि नाडा अटो शो–२०२४ मा सोही ब्रान्ड अन्तर्गको अर्को ईभी जेको जे६ नेपाल ल्याएको थियो ।

ओमोडा ब्रान्ड नेपाल भित्रिएको १ वर्ष पुरा भएको अवसर पारेर एसपीजी अटोमोबाइल्सले बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले ओमोडा र जेकोका ८५० ईभी नेपालमा बिक्री भएको जानकारी गराए ।

‘एक वर्षको यस छोटो अबधीमै हामीले ८५० बढी ओमोडा/जेको ईभी बिक्री गर्न सफल भएका छौ । यी गाडीलाई नेपाली ईभी पारखीले मन पराउनु भएको छ । गाडी बिक्रीसंगै बिक्री पछिको सेवालाई समेत हामीले उत्तिकै जोड दिएका छौ’ उनले भने ।

एपपीजी अटोमोबाइल्सका महाप्रवन्धक ज्ञानेन्द्र चन्दले ओमोडा नेपाल भित्रिएको १ वर्ष अबधिमा कम्पनीले गरेका विभिन्न गतिबिधीबारे जानकारी गराए । उनले भने, 'सरकारको अस्थिर नितीका बावजुत पनि हामीले १ वर्षको अबधीमा ८५० बढी ईभी बिक्री गर्न सफल भएका छौ । आजका दिनमा ओमोडा/जेको नेपालको ईभी एसयूभी बजारमा तेस्रो स्थानमा छ । देशभर १७ वटा शोरुम र सर्भिस सेन्टर संचालनमा छन् भने हाल ३० भन्दा बढी डिसी फास्ट चार्जिङ नेटवर्क विस्तार भैसकेको छ । छिट्टै यसलाई बढाएर १०० यूनिट पुर्याउने योजनमा छौ ।’

एसपीजी अटोमोबाइल्सले अवको केही महिनाभित्रै जेको ब्रान्डको दुई नयाँ ईभी नेपाल ल्याउने तयारी थालिसकेको चन्दको भनाई छ । ‘हामी अवको केही महिनाभित्रै जेको जे५ र भी२३ मोडल लन्च गर्ने तयारीमा छौ । यी मोडलसमेत आएपछि नेपालमा ओमोडा/जेकोको प्रडक्ट लाइनअप थप फराकिले बन्नेछ’ उनले भने ।

५ लाख १५ हजार रुपैयाँसम्म छुट
ओमोडा नेपाल आएको एक वर्ष पूरा गरेको अवसरमा एसपीजी अटोमोबाइल्सले ५ लाख १५ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।

कम्पनीका अनुसार ओमोडा/जेकोका ईभी किन्ने ग्राहकले ३ लाख रुपैयाँ नगद छुट पाउने छन् भने २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसरिज तथा अन्य सुविधमा पाउने छन् ।

जसमा ग्राहकले १ वर्षको इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क पाउने छन् । साथै, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मका ब्याट्री र मोटरमा वारेन्टि प्रदान गरिने कम्पनीले जनाएको छ ।

ग्राहकले हरेक जेको तथा ओमोडाको खरिदमा ७ किलोवाट क्षमताको वाल चार्जर समेत निशूल्क पाउने छन् । अफर आगामी ३१ मार्चसम्म मात्रै लागू हुने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

नेपाली बजारमा हुन्डाई क्रेटा ईभी औपचारिक रुपमा भित्र्याउने अन्तिम तयारी...

इग्निट्रोन मोटोकर्पको १२५ किलोमिटर प्रतिघन्टा रेन्ज दिने इलेक्ट्रिक बाइकमा यस्तो छ फिचर

इग्निट्रोन मोटोकर्पको १२५ किलोमिटर प्रतिघन्टा रेन्ज दिने इलेक्ट्रिक बाइकमा यस्तो छ फिचर

इलेक्ट्रिक सवारी साधन निर्माता इग्निट्रोन मोटोकर्पले भारतमा साइबोर्ग...

विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार कि बिग्रदो हाइवे र चालक सचेतनाको कमी ?

विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार कि बिग्रदो हाइवे र चालक सचेतनाको कमी ?

हाल नेपालमा विद्युतीय भ्यानको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...