एमजी एस५ ईभी : बेलायतको सबैभन्दा भरपर्दो सानो पारिवारिक इलेक्ट्रिक एसयूभी घोषित
बेलायतमा गरिएको सन् २०२६ को विश्वसनीयता सर्वेक्षणमा एमजी एस५ ईभी सबैभन्दा...
एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ संस्करण ब्ल्याकस्टोर्म एडिसन लन्च गरेको छ । सो कार नयाँ फिचर र आकर्षक लुक्सका साथ प्रस्तुत गरिएको छ । यसको सुरुवाती मूल्य ७ लाख ८० हजार भारु रहेको छ ।
यसमा १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४-स्पिकर साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ । साथै सेफ्टीका लागि एलईडी हेडलाइट र टेललाइट, रियर पार्किङ क्यामेरा समावेश छ ।
ब्ल्याकस्टोर्म एडिसनमा १७.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले एमजी कमेट ब्ल्याकस्टोर्म एडिसनमा ब्याट्री र इलेक्ट्रिक पावरट्रेनका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।
कम्पनीले यसको बुकिङ पनि खुल्ला गरेको छ । यसको लागि ११ हजार भारुमा बुक गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...