४८ घन्टामै ३१ हजार बढी अर्डर भयो लिपमोटर बी१०, नेपाल ल्याउन सांग्रिला मोटर्स उत्साहित

काठमाडौं– लिपमोटरले चीनमा हालै लन्च गरेको नयाँ बिद्युतिय एसयूभी बी१० प्रि–सेल खुला भएको ४८ घन्टाभित्रै ३१ हजार ६८८ यूनिट बिक्री भएको छ ।

बुकिङ भएका कारमा ७३ प्रतिशत हिस्सा लायडर सेल्फ–ड्राइभिङ संस्करणले ओगटेको कम्पनी भनाई छ । कम्पनीका अनुसार पहिलो घन्टामै १५ हजार १० यूनिट भन्दा बढी अर्डर पुगेकोले यसको इभी बजारमा उच्च माग भएको प्रमाणित गरेको छ ।

चिनियाँ बजारमा १६ हजार ६०० डलर हाराहारी मूल्य तोकिएको सो ईभीमा लायडार प्रविधि उपलब्ध गराइएको छ । लिपमोटरको लिप ३.५ प्लेटफर्ममा निर्मित यो कार आकर्षक डिजाइन, स्मार्ट ड्राइभिङ फिचरहरू, ठूलो टचस्क्रिन, र प्रिमियम साउन्ड सिस्टम सहित आउँछ ।

६०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको बी१० ले ८०० भोल्ट क्षमताको फास्ट चार्जिङ सपोर्ट गर्दछ । सो ईभीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन मात्र २० मिनेट लाग्ने बताइएको छ ।

लिपमोटरले चीनमा देखाएको सफलता विश्वव्यापी विस्तारको संकेत हो । ब्रान्डको लक्ष्य प्रत्येक महिनामा ४० हजार बी–सीरीज गाडी बिक्री गर्ने र २०२५ भित्र ५ लाख वार्षिक डेलिभरी पुर्याउने रहेको छ ।

बी१० लाई जतिसक्दो छिटो नेपाल ल्याउन आँफुहरु उत्साहित भएको नेपालका लागी आधिकाकिर वितरक सांग्रिला मोटर्सले जनाएको छ । नेपाल आएपछि यसले नेपालको स्मार्ट र दिगो यातायातको यात्रालाई अझ गति दिने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचारहरू

चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम विस्तार

चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम विस्तार

काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...

५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने

५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने

दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने...

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...