घट्याे बागलुङ-पोखरा विद्युतीय माइक्रो बसको भाडादर

धौलागिरी–गण्डकी यातायात सेवा प्रालि बागलुङले संचालन गरेको विद्युतीय (ईभी) माइक्रो बसको भाडादर समायोजन गरेको छ। प्रालिले बागलुङ–पोखरा विद्युतीय माइक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो।

यसअघि लिँदै आएको भाडामा ५० रुपैयाँ घटाएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए। बागलुङ–पोखरा भाडा ४५० रुपैयाँ रहेकोमा चैत्र १ गतेदेखी ४०० रुपैयाँ लागू हुनेछ। त्यसैगरी म्याग्दी–पोखरा पनि ५५० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ कायम गरिएको अध्यक्ष केसीले बताए। 

बागलुङ–पोखराका लागि गत वर्ष फागु पूर्णिमाकै दिन विद्युतीय माइक्रो बस सेवा संचालन गरिएको थियो। सुरुवाती चरणमा दुई वटा बसबाट सेवा संचालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस संचालनमा आएका छन्। प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि ५ वटा बस संचालन गरेको छ भने बागलुङ– नारायणगढका लागि पनि ५ वटा बस संचालनमा ल्याएको अध्यक्ष केसीले जानकारी दिए।

विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालिले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो।

सम्बन्धित समाचारहरू

फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड

फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड

मिन मेटल मोटर्स (एमएमएम) नामको इन्डियन स्टार्टअपले भारतमा पहिलो पटक...

सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...

दुई वर्षभित्र कियाले भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने, नयाँ एसयूभी र एमपिभी ल्याउने तयारी

दुई वर्षभित्र कियाले भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने, नयाँ एसयूभी र एमपिभी ल्याउने तयारी

कोरियन अटो निर्माता कियाले २०२५ भित्र भारतमै इलेक्ट्रिक कारको उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...