डोनाल्ड ट्रम्पले किने टेस्ला मोडल एस, एलन मस्कलाई समर्थनकाे प्रभाव के ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एलन मस्कको इलेक्ट्रिक सवारी कम्पनी टेस्लालाई समर्थन जनाउँदै नयाँ टेस्ला मोडल एस कार खरिद गरेका छन् । ट्रम्पले सो कार ह्वाइट हाउसको कर्मचारीले प्रयोग गर्नका लागि राख्ने बताएका छन्।

मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४–५ वटा गाडी पार्क गरिएका थिए । यिनीहरूमा साइबर ट्रक पनि थियो । यी मध्ये ट्रम्पले आफ्नो लागि रातो कार रोजेका छन् ।

ट्रम्पले किनेको टेस्ला मोडल एस दुई मोडलमा उपलब्ध छ । यसमा पहिलो एस हो र दोस्रो एस प्लेड हो । एसले सिंगल चार्जमा ५६० किलोमिटर रेन्ज दिन्छ। यसले केवल १.९९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ। साथै, यसले केवल ९.२३ सेकेन्डमा २५० किलोमिटर प्रति घण्टाको गति हासिल गर्छ । यसको अधिकतम गति ३२१ किलोमिटर प्रति घण्टा छ। सो मोडलले १०२० एचपीको पावर उत्पन्न गर्छ ।

एस प्लेड मोडलले सिंगल चार्जमा ६६० किलोमिटरको रेन्ज दिन्छ। यसले केवल ३.१ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ। यसको अधिकतम गति २१० किलोमिटर प्रति घण्टा छ। सो मोडेलले ६७० एचपीको पावर उत्पादन गर्छ ।

सो कारमा फुली अटोमेटिक ड्राइभिङको सुविधा पनि रहेको छ ।  यसका लागि कारमा जीपीएस र धेरै सेन्सर प्रयोग गरिएको छ । कम्पनीले सो इलेक्ट्रिक कारमा ४ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरेको छ ।

यसमा १७ इन्चको टचस्क्रिन, योक स्टेयरिङ, ३ वयस्कको लागि पछाडिको सिट, एस्ट्रा लेगरूम, हेडरूम, इन्टीग्रेटेड स्टोरेज, वायरलेस चार्जिङ, स्टोवेबल आर्मरेस्ट, मल्टीपल गेम, ३६ वाट यूएसबी सी चार्जिङ, २२ स्पिकर र ९६० वाट अडियो सिस्टम जस्ता फिचर उपलब्ध गराएको छ ।

टेस्लाको शेयर मूल्यमा तीव्र कमी आइरहेको समयमा ट्रम्पले टेस्लाको कार किनेका हुन् । राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई मस्कले गरेको खुला समर्थन गरेका थिए । दोहोर्याएर ह्वाइट हाउस छिरेपछि ट्रम्पले मस्कलाई डजको प्रमुखको रूपमा मस्कले संघीय सरकारी खर्चमा ठूलो कटौती गरे भने ठूलो संख्यामा मानिसहरूलाई जागिरबाट निकालिरहेका छन् । यस्तोमा मस्कको तीव्र आलोचना भइरहेको छ ।

टेस्लाका सीईओ एलन मस्क र ट्रम्पबीचको सम्बन्ध पछिल्लो समय निकै चासोको विषय बनेको छ। केही वर्षअघि ट्रम्प राष्ट्रपति हुँदा मस्कलाई सल्लाहकारका रूपमा राखिएको थियो, तर, पछि उनी ट्रम्प प्रशासनबाट अलग भएका थिए। 

तर हालै मस्क रिपब्लिकन नेताहरूका कार्यक्रममा सक्रिय देखिन थालेपछि उनी र ट्रम्पबीचको सम्बन्ध पुनः नजिकिएको छ।

टेस्ला विश्वकै अग्रणी इलेक्ट्रिक गाडी निर्माता हो, तर हालैका दिनमा चीन, युरोप, र अमेरिका आफैंभित्र पनि प्रतिस्पर्धा बढेको छ। अमेरिकी बजारमा ट्रम्पजस्ता प्रभावशाली व्यक्तित्वहरूले टेस्ला प्रयोग गर्नु यसको ब्रान्डिङका लागि ठूलो कुरा हो।

यसले टेस्लाका समर्थकहरूलाई थप बल दिनेछ भने अमेरिकी बजारमा यसको लोकप्रियता बढ्नेछ। यदि ट्रम्पले आगामी दिनमा टेस्लाबारे सकारात्मक टिप्पणी गरे भने, यसको स्टक मूल्यमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।

सम्बन्धित समाचारहरू

पहिलो पटक ड्राइभर बिनै फ्याक्ट्रीबाट मालिकको घरमा पुग्यो कार, अटोड्राइभ कारको नयाँ युग सुरु

पहिलो पटक ड्राइभर बिनै फ्याक्ट्रीबाट मालिकको घरमा पुग्यो कार, अटोड्राइभ कारको नयाँ युग सुरु

विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले चालकविहीन कार...

टेस्लाले बालबालिकाका लागि पनि साइबरट्रक र साइबरक्वाड निर्माण गर्दै

टेस्लाले बालबालिकाका लागि पनि साइबरट्रक र साइबरक्वाड निर्माण गर्दै

टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी...

अमेरिकामा टेस्लाको रोबोट्याक्सी सेवा सुरु

अमेरिकामा टेस्लाको रोबोट्याक्सी सेवा सुरु

विश्वका सबैभन्दा चर्चित उद्यमी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी शहर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...