उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान, मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने...
काठमाडौं – विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप बन्न सफल भएको छ । २०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ ।
इनड्राइभले ट्राभल र नेभिगेसन क्याटागोरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेको हो ।
इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापीरूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पायो । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाख भन्दा बढी पटक डाउनलोड गरिएको थियो ।
पियर–टु–पियर मूल्य निर्धारण मोडलको साथ, इनड्राइभले विश्वका ८८८ शहरहरूमा उत्कृष्ट सवारीहरुको लागि उचित मूल्य प्रदान गर्दै आएको छ साथै चालकहरूको लागि उचित कमाईका अवसरहरू प्रदान गरेको छ ।
गत वर्ष, इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा ‘इनड्राइभ.मनी’ को परीक्षण सुरु गरेको थियो ।
इनड्राइभ.मनी सन् २०३० सम्ममा कम्तिमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको व्यापक मिशनसँग मेल खान्छ, र यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारहरूमा विस्तार गर्ने तयारी गरिएको छ ।
यसका साथै, इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो । राइड–हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, इनड्राइभले सिटी टु सिटी, फ्रेट, कुरियर र डेलिभरी सेवाहरु प्रदान गर्दछ ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले भने, ‘विश्वभर दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्नु इनड्राइभको लागि एक अविश्वसनीय उपलब्धि रहेको छ । यो एप सक्रिय हुनुको तात्पर्य भनेको यस एपमा काम गरिरहेका मेहनती व्यक्तिहरू–हाम्रो ग्लोबल टिम, हाम्रा प्रयोगकर्ताहरू हुन्, यसका साथसाथै यात्रुहरुलाई निष्पक्ष सेवाहरू प्रदान गर्ने र मानिसहरूको जीवन सुधार गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
इनड्राइभले उचित मूल्यमा मोबिलिटी सर्भिसेज सहज बनाउन र सेवाबाट वञ्चित समुदायहरूमा कार्यरतहरूको लागि अर्थपूर्ण कमाईका अवसरहरू सिर्जना गर्न अथक प्रयास गरिरहेको र यसका साथमा भएका प्रयासलाई फेरि एक पटक प्रतिबिम्बित भएको देख्न पाउनु इनड्राइभको लागि सम्मानको विषय भएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने...
काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको...
काठमाडाैँ -कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...