केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएमले छिट्टै १२५ ड्युक र आरसी १२५ लाई बन्द गर्ने तयारी गरेको छ । ती मोटरसाइकललाई २०२५ को मध्यतिर लन्च हुने अपेक्षा गरिएको नयाँ १६० सीसी मोडेलहरूले प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।

केटीएम १६० ड्युक र आरसी १६० विशेष गरी भारतीय बजारको लागि विकसित गरिने कम्पनी भनाई छ । मिडिया रिपोर्टका अनुसार, नयाँ बाइकहरू हालको २०० सीसी मोडेलहरूमा आधारित हुनेछन् ।

नयाँ १६० सीसी मोडेलहरू २०० ड्युक र आरसी २०० जस्तै ट्रेलिस फ्रेमम आधारित हुनेछ । दुबै बाइकको अगाडि ४३ एमएम यूएसडी फोर्क र पछाडि मोनो–शक सस्पेन्सन उपलब्ध हुने उल्लेख गरिएको छ । ती दुबै बाइकमा केटीएमको सिग्नेचर अरेन्ज कलर तथा उहि एग्रेसिभ डिजाइन उपलब्ध हुनेछ ।

केटीएमका अनुसार, १६० ड्युक र आरसी १६० लाई पावर दिने इन्जिन हालको २०० सीसी युनिटबाटै लिइनेछ । जसले १९ देखी २० बिएचपीसम्म पावर जेनेरेट गर्न सक्दछ ।

आगामी केटीएम १६० ड्युकको प्रतिस्पर्धा यामाहा एमटी१५ सँग हुनेछ, जबकि आरसी १६० ले यामाहा आर१५ सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

नागरिकताको भरमै केटिएम मोटरसाइकल किन्न पाइने

नागरिकताको भरमै केटिएम मोटरसाइकल किन्न पाइने

काठमाडौं–केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले आज भारतमा २०२२ एड्भेन्चर २५० लन्च गरेको छ । यो बाइकको मूल्य २ लाख...

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...