युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको छ । मगलबारदेखी सुरु भएको उक्त मेला फागुन २७ सम्म संचालन हुने बताइएको छ ।
ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकले आँफूसंग भएको पुराना गाडी दिएर सिजी मोटर्स मार्फत बिक्री हुने एवोन, एक्सपेङ, डायुन र नेटा ब्रान्डका ईभी साट्न सक्नेछन् । मेला थापाथलीस्थित शोरूममा चलिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीज र सजिलो फाइनान्सिङका विकल्पहरू पाउनेछन् । साथै, निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा समेत उपलब्ध गराइनेछ ।
पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गरिने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुने कम्पनी दाबी छ ।
सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउन कम्पनीले टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई विशेष उपहारको साथै लक्की ड्र मार्फत एकजना भाग्यशाली बिजेतालाई आईफोन १६ समेत प्रदान गर्ने जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...