तीन भेरियन्टमा आउने भयो एक्सयूभी ४०० इभी, मूल्य २ महिनापछि सार्वजनिक गरिने
महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...
ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको ई–सेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ ।
विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको सो अफरमा ई–सेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो । बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई एक औपचारिक कार्यक्रम गरी ई–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेद्वारा कार हस्तान्तरण गरिएको थियो ।
ई–सेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी आदिको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो ।
दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस ई–सेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरुका लागि आईफोन १६प्रो जित्ने मौका समेत समावेश थियो ।
नामी कार विजेता रवि बम्जनले आफुले कार जित्ने कुरा कहिले नसोचेको र ई–सेवाबाट उक्त जानकारी पाउँदा सुरुमा त विश्वास नै नगरेको, तर पछि ई–सेवाको आधिकारिक पेजमार्फत सो बारे समाचार तथा विज्ञप्ति देखे पछि मात्र विश्वास भएको बताए ।
सोही कार्यक्रमको क्रममा बम्जनले यस जितले आफ्नो जिवनमा स्तरोन्नति हुने भएकोमा खुशी व्यक्त गर्दै ई–सेवालाई धन्यवाद ज्ञापन समेत गरेका थिए । ई–सेवाबाट बिजुली तथा खानेपानी भुक्तानी, टपअप जस्ता विविध भुक्तानी सेवाहरुले उनको जिवनलाई सहज बनाउँदै आएको र उनी जस्तै लाखौं मानिसहरुको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खुसी व्यक्त गरेका थिए ।
ई–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए । उनले यस अवसरमा ग्राहकहरुको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै ई–सेवाको प्राथमिकता रहेको बताए भने ई–सेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रहि, आवश्यता अनुसार नविनतम सेवाहरु थप गर्दै सबै–सधैं–सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत जोड दिएका थिए ।
महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...
काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक...
इलेक्ट्रिक स्टार्ट अप कम्पनी रिभरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर इन्डि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...