भारतमा हिरोको भिडा भी१ इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु, नेपालमा प्रतीक्षा
हिरो मोटोकर्पले भिडा इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु गरेको छ । कम्पनीले...
काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (ईभी माइक्रो) सञ्चालनमा ल्याएको छ ।
यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।
खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा ईभी माइक्रो सञ्चालन उद्घाटन गरे। “हाल दुई रुटबाट पाँच(पाँच वटा ईभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ”, उनले भने ।
पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको ईभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।
हिरो मोटोकर्पले भिडा इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु गरेको छ । कम्पनीले...
दिगो भविष्यको लागि वातानुकुलित यातायात प्रविधि विस्तार गर्न शारडा ग्रुप र...
चिनियाँ अटो निर्माता चांगनले निकट भविष्यमा लन्च हुन लागेको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...