केबुलकारमै अड्किएमा के गर्ने ? यस्तो अनुभव दियो चन्द्रागिरि केबलकारले
काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार...
काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी ट्रेड प्रालिबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार सरिना जी ट्रेडमार्फत बिक्री गरिने ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जी ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरेका छन् ।
सरिना जी ट्रेडबाट विक्री गरिने विद्युतीय सवारीसाधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुनेछ । उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रक्रियालाई थप सरल, सहज, नगदरहित तथा शीघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।
सरिना जी ट्रेडर्सले हालै ईभी इजी ट्याक्सी नेपाल भित्र्याएको हो । जेएमईभी ब्रान्डको सो ईभी इजी ट्याक्सीको मूल्य ४१ लख ५० हजार रुपैयाँ तोकिएको छ ।
ईभीइजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पीएस छ ।
एसी र डीसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डीसी फास्ट चार्जरको साहयतामा ३० मिनेटभित्रै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले ९ घण्टा र डीसी चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष अर्थात १ लाख ५० हजार र मोटरमा ३ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।
काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार...
जापनिज लक्जरी ब्रान्ड लेक्ससले निकट भविष्यमा आउने आफ्नो इलेक्ट्रिक कारको...
एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...