निसान म्याग्नाइट फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख ७५ हजार

अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम एस्थेटिक्ससहित नेपालमा निसान म्याग्नाइटको चारवटा नयाँ भेरिएन्ट सार्वजनिक

काठमाडौं – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार देखि सुरू हुन्छ ।

नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्छ । म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरिएन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन–कनेक्टा’ र ‘टेक्ना–प्लस’ समावेश छन् । उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरिएन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ सम्म पर्न जान्छ भने भिजिया र एक्सेन्टाको मूल्य यथावत् राखिएको छ । यी भेरिएन्टहरूमा नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’हरू उपलब्ध छन्, जसमा ‘टर्बो–पेट्रोल’ र ‘नेचुरल्ली एस्पिरेटेड इञ्जिन’ सहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन् ।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकिकरण कार्यक्रम थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भयो । ग्राहक, मिडिया प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा नयाँ फेसलिफ्टको अनावरण गरियो । पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, पायोनियर मोटोकर्पका निर्देशक गौरव शारडा, पायोनियर मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द तथा पायोनियर मोटोकर्पका सिनियर म्यानेजर राजकुमार ढकाल लगायतका अतिथिहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भयो ।

नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरिएन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । साथै, ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ ।

एसयूभीको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्याग्नाइटले नयाँ उचाई लिएको छ । अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’(ठूलो र दरिलो) ‘डुअल–टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’ र श्रेणी–उत्कृष्ट ‘थ्रीडी हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलईडी टेलल्याम्प’ रहेका छन् । यसमा विशेष ३६० लेदर–प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन् । यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०ः४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज र कपहोल्डहरू सबै भेरिएन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् जसले क्याबिनको उपयोगिता र आरामलाई बढावा दिएको छ ।

निसान म्याग्नाइटले सेगमेन्टमा पहिलो र श्रेणी–उत्कृष्ट नवप्रवर्तनको नेतृत्व गर्दै उत्साहजनक र प्रविधिमैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्छ । यसमा ठूलो ‘इलेक्ट्रोनिक बेजल–लेस अटोडिमिङ आइआरभीएम’, ‘कन्टिन्युअस मल्टि–कलर एम्बिएन्ट लाइटिङ’, र इन्टेरियरमा सफा हावा प्रवाह गर्ने श्रेणी–उत्कृष्ट ‘प्लाज्मा क्लस्टर आयोनाइजर’ रहेको छ । ‘आर्कमिज’को थ्रीडी साउन्ड सिस्टमले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ भने ६० मिटर दायरा भएको ‘रिमोट इन्जिन स्टार्ट’ले थप सहजता सुनिश्चित गर्दछ । यसमा रहेको ‘प्रिमियम इन्टेलिजेन्ट कि (आइ–कि)ले गाडी छोडेर हिड्दा स्वतः लक हुने र नजिकिँदा अनलक हुने सुविधा प्रदान गर्छ । साथै, स्वचालित हेडल्याम्पजस्ता विशेषताहरूले गाडीलाई अझ आधुनिक र आकर्षक बनाएको छ ।

‘बिग, बोल्ड, एन्ड ब्युटिफुल’ निसान म्याग्नाइटले एसयूभी सेगमेन्टमा निरन्तर नयाँ मापदण्ड कायम गर्दै आएको छ, र प्रिमियम विशेषताहरूलाई सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ । नयाँ म्याग्नाइटले नवप्रवर्तन तथा ग्राहक–केन्द्रित डिजाइनप्रतिको आफ्नो प्रतिबद्धता कायम राखेको छ । पहिलो पटक सन् २०२० को डिसेम्बरमा विश्वव्यापी रूपमा र सन् २०२१ मा नेपाली बजारमा सार्वजनिक गरिएको यो गाडीले हालसम्म समग्र १ लाख ५० हजार भन्दा बढी इकाइको बिक्री पार गरिसकेको छ । निसान म्याग्नाइटले अन्तर्राष्ट्रिय बजारमा प्राप्त गरेको यो सफलताले निसानको ‘वान कार, वान वर्ल्ड’ (एक कार, एक विश्व) रणनीतिलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...