सल्लाघारी ओमोडा एन्ड जेइको शोरुममा ‘फेस्टिभ कार्निभल’ चल्दै
काठमाडाैं – भक्तपुरको सल्लाघारीस्थित ओमोडा एन्ड जेइकोको शोरुममा ३ दिने...
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई पछि पारेको छ । अप्रिल २०२४ र जनवरी २०२५ बीचको चाइना प्यासेन्जर कार एसोसिएसन को बिक्री आँकडा अनुसार साओमी एसयू–७ ले टेस्ला मोडल थ्रीलाई पछि पारेको हो ।
अप्रिल २०२४ मा उत्पादन सुरु भएको एसयू–७ जुन महिनासम्म ३० हजार युनिट बिक्री भएको थियो । लन्च भएको सुरुवाती महिना देखीनै यसले टेस्ला मोडल थ्रीलाई निरन्तर पछि पार्दै गएको उल्लेख गरिएको छ । उक्त महिना मोडेल थ्री ५ हजार ६५ यूनिट बिक्री हुँदा एसयू–७ ७ हजार ५८ युूनिट बिक्री भएको थियो ।
चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार टेस्लाले यस वर्षको ३ महिनामा ५२ हजार २४१ यूनिट मोडल थ्री बिक्री गर्दा साओमीले कुल ६९ हजार ६९७ एसयू–७ बिक्री गरेको छ । अप्रिल २०२४ र जनवरी २०२५ को बीचमा १ लाख ६२ हजार ३८४ एसयू–७ बिक्री हुँदा टेस्ला मोडल थ्रीको बिक्री १ लाख ५२ हजार ७४८ यूनिटमा समेटिएको बिक्री तथ्यांकमा उल्लेख गरिएको छ ।
चीनमा एसयू–७ को अपार सफलतासंगै साओमीले नयाँ मोडल वाईयू–७ ईभी समेत लन्च गर्ने तयारी गरेको छ । सो नयाँ मोडलले टेस्लाकै मोडल वाईसंग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
काठमाडाैं – भक्तपुरको सल्लाघारीस्थित ओमोडा एन्ड जेइकोको शोरुममा ३ दिने...
नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...
पेट्रोल र डिजेलको मूल्य बढेसँगै अहिले अधिकांश मानिस ब्याट्रीबाट चल्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...