फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
काठमाडौं - नेपालमा लीपमोटर, सिट्रोन र प्यूजोकाे आधिकारिक वितरक, साङ्ग्रिला मोटर्स् प्रालिले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लीपमोटर र सिट्रोनका आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ। यो साझेदारी ३ वर्षको अवधिको लागि भएको र यसले लीपमोटर र सिट्रोनको लागि नेपालका अटोमोटिभ बजारमा नयाँ अध्यायको शुरुआत गर्न लागेको जानकारी दिएको छ।
प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साङ्ग्रिला मोटर्सले नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्याउने लक्ष्य लिएको छ। रोहित पौडेलसँगको यो सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गर्दछ। जसरी पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिन्छन् त्यसरी नै लीपमोटर र सिट्रोनले नेपालका अटोमोटिभ बजारमा उन्नत प्रविधि र विश्वस्तरीय प्रदर्शनका साथ अग्रणी बन्ने लक्ष्य लिएको कम्पनीकाे भनाइ छ।
यस साझेदारीले साङ्ग्रिला मोटर्सको दिगो, प्रगति र सफलता मूल्याङ्कन गर्ने नेपाली ग्राहकहरूलाई प्रेरित गर्नेछ र कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ।
साङ्ग्रिला मोटर्स प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप काम गर्ने कम्पनीको रुपमा परिचित छ। नेपालमा लीपमोटर र सिट्रोनका आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनहरूलाई प्राथमिकतामा राख्ने गर्छ, जसले कम्पनीको दुरदर्शी सोच र गतिशील योजनालाई परिभाषित गरेको बताएकाे छ।
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
काठमाडौं–सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले...
काठमाडौं–जिलीको प्रतिक्षित बिद्युतिय एसयुभी ग्यालेक्सी ई५ काठमाडौं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...