एमएडब्लू अर्थमुभर्सले नेपाली बजारमा ल्यायो जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एस्काभेटर

काठमाडौं – एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एस्काभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एस्काभेटरहरू सफलतापूर्वक लन्च गरेको छ। यस सम्बन्धमा एक विशेष पत्रकार सम्मेलनमार्फत जानकारी समेत प्रदान गरिएको छ ।

ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजित भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहेको थियो भने उक्त प्रदर्शनी पश्चात् जेसीबी एस्काभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहेको थियो ।

‘लिडर इन एस्काभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पारेको थियो ।

जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने जेसीबी एनएक्सटी २२५ एलसीएमः ट्र्याक्ड एस्काभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

जेसीबी एनएक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

काठमाडौं – नेपाली बजारमा जिपको प्रसिद्ध सेभेन सिटर एसयूभी मेरिडियन उपलब्ध...

स्कोडा कुशाकको स्निक प्रिभ्यु, यस्तो छ हालै नेपाल भित्रिएको एसयूभी

स्कोडा कुशाकको स्निक प्रिभ्यु, यस्तो छ हालै नेपाल भित्रिएको एसयूभी

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु...

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

स्कोडा गाडीको नेपालका लागी आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...