सिंगल च्यानल एबीएसमा आयो पल्सर एनएस १२५, मूल्य कति ?

बजाजले पल्सर एनएस १२५ को नयाँ भेरिएन्ट सार्बजनिक गरेको छ । सिंगल च्यानल एबीएसले सुसज्जित सो नयाँ भेरिएन्टको मूल्य १ लाख ६ हजार ७३९ भारु निर्धारण गरिएको छ ।

प्रतिस्पर्धी ब्रान्ड हिरोले एक्सट्रिम १२५ आरमा एबीएस दिएपछि बजाजले पनि आफ्नो एनएस १२५ मा सोही फिचर थप गरेर नयाँ भेरिएन्ट लन्च गरेको हो । जसअनुसार, यस नयाँ भेरिएन्टको सिधा प्रतिस्पर्धा हिरो एक्सट्रिम १२५ आरसंगै हुने देखिन्छ ।

बाइकमा एबीएस बाहेक अन्य परिवर्तन भने गरिएको छैन । रेगुलर भेरिएन्टमा जस्तै यसमा पनि उही पुरानै एलईडी हेडल्याम्प र स्मार्टफोन कनेक्टिभिटीका साथ डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल राखिएको छ । बाइकमा नेभिगेसन र कल/एसएमएस अलर्ट जस्ता सुविधाहरू पाउन सकिन्छ ।

१२५ सिसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको सो नयाँ भेरिएन्टले ११.८ बिएचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्दछ । साथै, इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकको अगाडी परम्परागत टेलिस्कोपिक फोर्क र पछाडी मोनो–सक लगाइएको छ । एनएस १२५ को यस नयाँ भेरिएन्टमा पनि अगाडी डिस्क र पछाडी ड्रम ब्रेक राखिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर...

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज...

पहिलो पटक बजाजले ल्यायो ट्रयाक्सन कन्ट्रोलसहित पल्सर एन२५०

पहिलो पटक बजाजले ल्यायो ट्रयाक्सन कन्ट्रोलसहित पल्सर एन२५०

बजाज अटोले भारतमा पल्सर एन२५० लन्च गरेको छ । सो बाइक ट्रयाक्सन कन्ट्रोल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...