पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी बुकिङ पाएको छ । भारतमा शुक्रबार बुकिङ खुला गरिएको यी दुई नयाँ ईभीले पहिलो दिनमै ३० हजार १७९ अर्डर पाएको हो ।

महिन्द्राका अनुसार, पहिलो दिनमै यी दुई नयाँ ईभीले ८ हजार ४७२ करोड भारु बरावरको बुकिङ मूल्य पाएर ईभीमा नयाँ रेकर्ड बनाएको छ । भारतमा यसअघि कुनै पनि ईभी ब्रान्डले एकैदिनमा यति धेरै रकम बरावरको बुकिङ पाएका थिएनन ।

बुकिङ भएका कुल ईभीमा एक्सर्यभी ९ईले ५४ प्रतिशत हिस्सा ओगटेको र बाँकी ४४ प्रतिशत हिस्सा बीई६ ले लिएको कम्पनी भनाई छ । सबैभन्दा बढि बुकिङ ७९ किलोवाट आवर ब्याट्री भएको टप स्पेक थ्रीले पाएको छ । सो भेरिएन्टले कुल बुकिङको ७३ प्रतिशत हिस्सा ओगट्न सफल भएको जनाइएको छ ।

आगमी मार्चदेखी डेलिभरी दने वाचासहित महिन्द्राले यी दुई ईभीको बुकिङ खुला गरेको हो । पहिलो चरणमा यसको टप स्पकेक भेरिएन्ट प्याक थ्रीको डेलिभरी गरिनेछ । कम्पनीका अनुसार प्याक थ्री सेलेक्ट ट्रिमहरू जुनमा र प्याक टु जुलाईमा डेलिभर गरिनेछ । प्याक वन एबोभ र प्याक वनको डेलिभरी अगष्टदेखी सुरु हुनेछ ।

महिन्द्रा बीई६ पाँच ट्रिममा उपलब्ध छ । जसको मूल्य १८ लाख ९० हजारदेखी २६ लाख ९० हजारसम्म र एक्सईभी ९ईको २१ लाख ९० हजार भारुदेखी सुरु हुन्छ ।

सम्बन्धित समाचारहरू

फोर्स गुर्खाको प्रतिस्पर्धी महिन्द्रा थार नेपाल आउने मिति अझै टुंगो लागेन

फोर्स गुर्खाको प्रतिस्पर्धी महिन्द्रा थार नेपाल आउने मिति अझै टुंगो लागेन

फोर्स गुर्खाको प्रतिस्पर्धीका रुपमा हेरिएको महिन्द्रा थार नेपाल आउने...

महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै, गाडीको ३० प्वाइन्ट चेकअप गरिने

महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै, गाडीको ३० प्वाइन्ट चेकअप गरिने

काठमाडौं – महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...