सिएफ मोटोको नयाँ मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– सीएफमोटोको नयाँ मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले ‘३०० एनके’ मोडल ल्याएको हो । कम्पनीले यसको मूल्य ७ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण गरेर छिट्टै बिक्री थाल्ने जनाएको छ ।

यस नयाँ मोटरसाइकलमा २९२ सिसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, डिओएचसी इन्जिन जडान गरिएको छ । जुन यूरो ५ स्ट्यान्डर्डको हो । ६ स्पिड गियर वक्ससंग जोगिएको यस इन्जिनले ३० पिएस पावर तथा २५ एनएम टर्क जेनेरेट गर्दछ । साथै, यसलाई १२८ किलोमिटर प्रतिघण्टको उच्च गतिमा हाँक्न सकिन्छ ।

१२.५ लिटर क्षमताको इन्धन ट्यांकी उपलब्ध यस मोटरसाइकलले एक लिटर पेट्रोलको खपतमा २५ देखी ३५ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । १५० एमएम अग्लो ग्राउन्ड क्लिरियन्स दिइएको यस मोटरसाइकलको सिट हाइट ७ सय ९५ एमएम छ ।

सिएफ मोटो ३०० एनकेमा कम्पनीले ५ इन्चको टिएफटी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, वोस्क ईएफआई सिस्टम, डिआरएल सहितको एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प तथा एलईडी साइड इन्डिकेटर, इको र स्पोर्ट गरी दुईवटा राइडिङ मोड र स्लिपर क्लच लागयत फिचर उपलब्ध गराएको छ ।

सुरक्षाका लागी यसको दुवै चक्कामा डिस्क ब्रेकसहित डुअल च्यानल एबिएस जडान गरिएको छ । साथै, यसको अगाडी यूएसडी फोर्क र पछाडी मोनोशक सस्पेन्सन दिइएको छ ।

सीएफ मोटो ३०० एनकेको सिधा प्रतिस्पर्धा केटिएम ड्यूक ३९० संग हुने देखिन्छ । न्याकेड स्ट्रिट फाइटर सेग्मेन्टमा लोकप्रिय बनिरहेको एनके सिरिज अन्तर्गत कम्पनीले यसअघि २५० एनके र ४५० एनके उपलब्ध गराइसकेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...