एसयूभी बिक्री र सर्भिसका लागी महिन्द्राको ‘नेक्स्ट–जेन शोरुम’, यस्तो हुनेछ विशेषता

महिन्द्राले आफ्नो बिक्री र सेवा अनुभवलाई परिष्कृत गर्दै नेक्स्ट–जेन शोरुमा लन्च गर्ने भएको छ । नयाँ शोरुममा ईभीसंगै आईसिई रेन्जका सम्पूर्ण एसयूभी उपलब्ध हुने जनाइएको छ ।

महिन्द्राको नेक्स्ट–जेन रिटेल आउटलेटहरू हार्टकोर डिजाइन फिलोशपीबाट प्रेरित रहने बताइएको छ । कम्पनिका अनुसार यी आउटलेटहरूले आकर्षक लाइटका साथ आधुनिक रङ प्यालेट र नवीनतम प्रविधिलाई एकीकृत गर्दछ ।

शोरुममा महिन्द्राको इंग्लो इलेक्ट्रिक ओरिजिन आर्किटेक्चर, एमएआईए आर्टिफिसियल इन्टेलिजेन्स र डल्बी एटमस सहितको १६–स्पीकर हरमन कार्डन साउन्ड सिस्टम प्रदर्शन गरिनेछ । शोरुममा आउने ग्राहकलाई सहयोग गर्न महिन्द्राले प्रिमियम ब्रान्डका ५०० विशेषज्ञलाई खटाउने तयारी गरेको छ ।

बिक्री पछिको सेवा अनुभवलाई बिशेष बनाउन महिन्द्राले विद्युतीय एसयूभीका लागी छुट्टै सर्भिस वे, रिमोट भेहिकल डायग्नोस्टिक्स (आरभिडी) र ब्याट्री मर्मत केन्द्रहरू समेत सञ्चालनमा ल्याउने जनाइएको छ ।

साथै, महिन्द्रा रिसर्च भ्याली इन्जिनियरहरूद्वारा समर्थित ४०० जनाको महिन्द्रा टेक विशेषज्ञहरुलाई समेत सर्भिसमा खटाउने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा मराजो ७ सिटर एसयूभी वेबसाइटबाट हटाइयो, यस्तो छ कारण

महिन्द्रा मराजो ७ सिटर एसयूभी वेबसाइटबाट हटाइयो, यस्तो छ कारण

एसयूभी सेग्मेन्टमा धेरै उत्कृष्ट उत्पादन उपलब्ध गराउने महिन्द्राले...

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राले नोभेम्बर २७ मा भारतको आयोजना हुने ‘स्क्रिम इलेक्ट्रिक’...

विन्टर अफर : क्रसफायर र इटालिका मोटो किन्दा अफरै अफर, एक्सचेन्जमा थप सुविधा

विन्टर अफर : क्रसफायर र इटालिका मोटो किन्दा अफरै अफर, एक्सचेन्जमा थप सुविधा

काठमाडौं – क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...