१० मिनेट चार्ज गर्दा ४०० किमी यात्रा गर्न सकिने ब्याट्री तयार हुँदै
इलेक्ट्रिक सवारी साधनको ब्याट्री बारम्बार चार्ज गर्नुपर्ने झन्झट अब...
काठमाडौं – कुनै पनि ग्राहकले अब लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ईभी नेपाल मोटर्सको इन्स्टाग्राम, फेसबुक, टिकटक पेजमा ट्याग गर्दा लेभ्निङ इलेक्ट्रिक स्कुटर पाउन सक्ने भएका छन् ।
नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सो अफर ल्याएको हो । यसरी भिडियो बनाएर ट्याग गर्ने ग्राहक मध्ये उत्कृष्ट भिडियो बनाउने ग्राहकले सो अवसर पाउने छन् ।
फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेको अवसरमा कम्पनीले सो अफर ल्याएको हो । ग्राहकले सो वारेमा आवश्यक जानकारीको लिंक ९८०२३०८५१२ वा ९८०१००२८२१ मा पठाउन पनि सक्ने छन् ।
कलेजको विद्यार्थी देखि कार्यालयमा कार्यरत कर्मचारी तथा कृषक देखि अपांग सम्म सबैका लागि उपयुक्त इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको ईभी नेपाल मोटर्सले हाल १२ फरक मोडलका स्कुटर बिक्री-वितरण गरिरहेको छ । यी स्कुटरको मूल्य २ लाख ४५ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।
स्कुटरमा २ वर्षको वारेन्टीका साथै शून्य प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्मको फाइनान्स सुविधा उपलब्ध हुन्छ । यसका साथै एक्सचेन्ज र फाइनान्सको समेत सुविधा उपलब्ध छ ।
ईभी नेपाल मोटर्सले नक्साल, भैसेपाटी, गाबहाल, पेप्सीकोला, बनेपा, चितवन, विर्तामोड, जनकपुर लगायतका मुख्य सहरबाट लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको कम्पनीका एजीएम एनके शरदले जानकारी दिए ।
बज्र ग्रुपले विगत ३३ वर्ष देखि विभिन्न बहुराष्ट्रिय कम्पनीका सामग्री समेत बिक्री–वितरण गरिरहेको छ भने वुलिङ ईभी समेत हाल बिक्री गर्दै आएको छ ।
इलेक्ट्रिक सवारी साधनको ब्याट्री बारम्बार चार्ज गर्नुपर्ने झन्झट अब...
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...
काठमाडौं – कमेडी च्याम्पियन सिजन–३ को बिजेता सुनिल खड्काले सिजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...