सेमिकन्डक्टर चीप विकास गर्न एक्स्पेङले यो वर्ष ९ अर्ब युआन लगानी गर्ने

चिनियाँ ईभी निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआन भन्दा बढी लगानी गर्ने योजना सार्बजनिक गरेको छ । जसअन्तर्गत कम्पनीले आफ्नै सेमिकन्डक्टर चिपको विकास र उत्पादन थाल्ने जनाइएको छ ।

चिप उत्पादनलाई स्वदेशी बनाउँदै कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन गर्ने र सवारीसाधनको प्रदर्शन सुधार गर्ने तथा स्मार्ट ड्राइभिङ प्रविधिमा आफ्नो नेतृत्वलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

कम्पनीले आफ्नो उच्च–प्रदर्शनको क्षमतायुक्त ट्यूरिङ चिपको व्यापक उत्पादन गर्ने योजना बनाएको छ । जसलाई गाडी, उड्ने सवारी साधन, र रोबोटहरूमा लागू गर्न सकिने बताइएको छ ।

यसैगरी, एक्स्पेङले सेल्फ ड्राइभिङ प्रविधिमा नेतृत्व कायम राख्दै एल–३ स्तरको सेल्फ ड्राइभिङ क्षमता आफ्ना सवारी साधनहरूमा समावेश गर्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष एबं सीईओ ह स्याओपेंगका अनुसार, यो प्रविधिले चालक सहायता प्रणालीलाई सुधार गर्नुको साथै सडक सुरक्षालाई वृद्धि गर्ने र एक्स्पेङलाई स्मार्ट यातायातमा अग्रिम श्रेणिमा स्थापित गर्नेछ ।

एक्स्पेङले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै २०२४ मा १ लाख ९० हाजर ६८ यूनिट गाडी बिक्री गरेको थियो । हालै फिनल्यान्डमा समेत प्रवेश गरेको कम्पनीले २०२५ मा ६० भन्दा बढी देशमा आफ्नो बजार विस्तार गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...

१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

ओभरल्यान्ड–ईले हालै नयाँ इलेक्ट्रिक कार जेनेरेसन–२ सार्वजनिक गरेको छ । यो...

३३ लाखमै आउने भयो प्रिमियम र स्मार्ट ह्याचब्याक ईभी नामी ०१

३३ लाखमै आउने भयो प्रिमियम र स्मार्ट ह्याचब्याक ईभी नामी ०१

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...