लिमिटेड एडिसनमा रोयल इन्फिल्डको शटगन ६५० लन्च हुने

रोयल इन्फिल्डले शटगन ६५० को विशेष संस्करण ल्याउने भएको छ । यसलाई अमेरिकाको मोटरसाइकल निर्माता आईकोन मोटरसाइकलसँगको सहकार्यमा डिजाइन गरिएको हो ।

रोयल इन्फिल्डले नयाँ शटगन ६५० लिमिटेड एडिसन मात्र विशेष एलिमेन्टमा उपलब्ध गराउनेछ । सो बाइक केवल १०० युनिट मात्र विश्वभर बिक्री हुनेछ ।

नयाँ शटगन ६५० मा रेस-प्रेरित ग्राफिक्सको साथ ट्रिपल-टोन पेन्ट स्किम रहेको छ । यसमा हाइलाइटिङ कस्टम एलिमेन्टमा सुनौलो कन्ट्रास्ट कट रिम, नीलो शक स्प्रिङ र इन्टिग्रेटेड लोगो सहितको रातो सिट समावेश छ । यसको एक्स-शोरूम मूल्य ४ लाख २५ हजार भारु तोकिएको छ ।

लिमिटेड एडिसनको सो बाइक ग्लोबल ड्रप मार्फत उपलब्ध गराइनेछ। भारतीय ग्राहकहरूको लागि दर्ता फेब्रुअरी ६, २०२५ देखि विशेष रूपमा आरई एपमा सुरु हुनेछ। जबकि युरोप र अमेरिकाका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत साइन अप गर्न सकिन्छ । कम्पनीले यसलाई प्रत्येक क्षेत्रमा २५ वटा युनिट मात्र उपलब्ध गराउनेछ ।

यसको बुकिङ विन्डो फेब्रुअरी १२, २०२५ मा जीएमटी समय अनुसार दिउँसो ३ बजे खुल्ला हुनेछ। रोयल इन्फिल्ड शटगन ६५० लिमिटेड एडिसनमा ६४८ सीसीको प्यारालल-ट्विन इन्जिन समावेश गरिएको छ, जसले ४६.३ एचपी र ५२.३ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यसको इन्जिन ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...