इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा, सलिको र इनड्राइभबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रीता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ । 

यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।

साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन्।

उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

कोरोना भाइरसको महामारीको कारणले गर्दा निषेधाज्ञाको स्थिति पैदा भएको छ ।...

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...