६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो विद्युतीय कार (ईभी) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले मंगलबार यसबारेमा घोषणा गर्दै यस वर्ष राजस्व र मुख्य आम्दानी कम्तीमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको बताएको छ ।

फरारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेनेडेटो भिग्नाले प्रतीक्षित ईभी अक्टोबर ९ मा इटालीको मारेनेल्लोस्थित मुख्यालयमा आयोजना हुने क्यापिटल मार्केट्स डे कार्यक्रममा प्रदर्शन गरिने जानकारी दिए ।

फरारीले यस वर्ष छवटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । सीईओ भिग्नाका अनुसार यो योजना अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति वा व्यापार युद्धको जोखिमले प्रभावित हुने छैन ।

फरारीले सन् २०१९ देखि हाइब्रिड मोडलहरू आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । २०२३ मा कम्पनीका ५१ प्रतिशत कार बिक्री हाइब्रिड मोडलका थिए ।

सम्बन्धित समाचारहरू

कर बढ्ने चर्चा बिच ईभीले भरियो चोभार सुक्खा बन्दरगाह

कर बढ्ने चर्चा बिच ईभीले भरियो चोभार सुक्खा बन्दरगाह

काठमाडाैं । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण...

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ ।...

विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक

विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक

विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...