स्मार्ट कारमा हुने एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ के हो ? जान्नुहोस्

आजकल नयाँ कारमा ड्राइभिङको लागि सुरक्षित, सजिलो र आरामदायी बनाउन स्मार्ट प्रविधिले सुसज्जित हुने गरेको छ । विशेष गरी एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ जस्ता सुविधाले कार ड्राइभिङमा अझ सहज बनाएको छ ।

एडास

एडास एउटा यस्तो प्रविधि हो जसले चालकलाई सहयोग गर्छ र सडकमा हुने दुर्घटना कम गर्न मद्दत गर्छ। यसमा धेरै सेफ्टी फिचर समावेश हुन्छ ।

लेन डिपार्चर वार्निङ : यदि कार गल्तिले आफ्नो लेनबाट बाहिर निस्कन थाल्यो भने सिस्टमले चालकलाई सचेत गराउँछ।

लेन किप असिस्ट : कार आफैले स्वचालित रूपमा स्टेयरिङ नियन्त्रण गर्छ र लेनमा रहन मद्दत गर्छ।

एडप्टिभ क्रुज कन्टोल : यो सिस्टमले अगाडिको गाडी अनुसार कारको गति एडजस्ट गर्छ।

अटोमेटिक इमर्जेन्सी ब्रेकिङ: यदि कारको अगाडि अचानक कोही आएमा कारले अटोमेटिक ब्रेक लगाउन सक्छ।

ब्लाइन्ड स्पट डिटेक्शन: साइड मिररमा नदेखिने सवारी साधन पत्ता लगाउँछ र चालकलाई सचेत गराउँछ।

भारतमा महिन्द्रा एक्सयूभी७००, एमजी एस्टर, टाटा ह्यारियर र सफारी जस्ता एसयूभीमा एडास फिचर उपलब्ध छ।

कनेक्टेड कार टेक्नोलोजी

कारमा पनि स्मार्टफोनमा जस्तै इन्टरनेट जोडिन थालेको छ । कनेक्टेड कार टेक्नोलोजीको सहयोगबाट मोबाइलबाटै कार नियन्त्रण गर्न सकिन्छ ।

रिमोट कन्ट्रोल: मोबाइल एप मार्फत कार लक/अनलक गर्न र एसी अन गर्न सकिन्छ ।

नेभिगेसन: प्रत्यक्ष ट्राफिक अपडेट सहित रुट म्यापिङ ।

कारको अवस्थाको जानकारी: ब्याट्री, टायरको चाप, इन्धन स्तर जस्ता जानकारी एपमा उपलब्ध हुन्छ।

एन्टि थेफ्ट अलर्ट: चोरी भएमा तुरुन्त सूचना प्राप्त गर्न सकिन्छ ।

भ्वाइस कमान्ड: कारलाई एलेक्सा र गुगल सहायक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ।

अटोमेटिक ड्राइभिङ

अटोमेटिक ड्राइभिङ कारमा ड्राइभर बिना कार आफै चलाउन सक्षम हुन्छ ।

लेभल १: क्रूज कन्ट्रवल, लेन असिस्ट जस्ता आधारभूत सुविधाले सुसम्पन्न हुन्छ ।

लेभल २: एडास जस्ता फिचर समावेश हुन्छ ।  

लेभल ३: कार निश्चित परिस्थितिमा आफै चल्छ।

लेभल ४-५: पूर्ण रूपमा अटोमेटिक कारहरू

सम्बन्धित समाचारहरू

बंगलादेश निर्यात हुन थाल्यो यति ब्रान्डको नेपाली हेल्मेट

बंगलादेश निर्यात हुन थाल्यो यति ब्रान्डको नेपाली हेल्मेट

काठमाडौं रुपन्देहीको देवदहस्थित मयुर स्टिल इन्डस्ट्रिजले उत्पादन गरेको...

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

काठमाडौं – एक्साइड ब्याट्रीको रोड–असिस्ट्यान्स सेवा ‘एक्साइड...

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...