केटिएम २५० एड्भेन्चरको २०२५ मोडलमा यी ४ फिचर अपग्रेड हुँदै

केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल २५० एड्भेन्चरको २०२५ मोडल लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । हालै सार्बजनिक गरिएको केही विवरण अनुसार यस नयाँ मोडलमा केटिएमले विशेषतः चारवटा फिचरलाई अपग्रेड गर्न लागेको देखिन्छ ।

२०२५ केटिएम २५० एड्भेन्चरमा अब १४ लिटरको इन्धन ट्याङ्की, ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, राइड–बाई–वायर र बाई–डाइरेक्सनल क्विक सिफ्टर पाइनेछ ।

लुक्स, डिजाइन र अन्य आधारभुत फिचरहरु केटिएम ३९० एड्भेन्चरसंग मेल खाने कम्पनीले जनाएको छ । यसमा अगाडिको अपसाइड–डाउन फोर्कद्वारा सस्पेन्ड गरिएको स्टिल ट्रेलिस फ्रेम र पछाडि एड्जस्टेवल मोनो–शक रहनेछ ।

सो मोटरसाइकल २५० ड्युक जस्तै २४८ सीसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित हुनेछ । यसले ३० बीएचपी र २४ एनएम टर्क उत्पादन गर्छ भने इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकको अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएम डिस्क ब्रेक जडान गरिएको छ भने स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस उपलब्ध गराइएको छ । यस बाइकको अगाडि १९ इन्चको रिम र पछाडि १७ इन्चको एलोई ह्विल राखिएको छ ।

सम्बन्धित समाचारहरू

केटीएम ४५० -यालीको विशेष संस्करण सार्बजनिक, विश्वभर १०० युनिटमात्र उपलब्ध हुने

केटीएम ४५० -यालीको विशेष संस्करण सार्बजनिक, विश्वभर १०० युनिटमात्र उपलब्ध हुने

केटीएमले ४५० -याली रेप्लिका सार्वजनिक गरेको छ । विश्वभर जम्मा १००...

केटीएमको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘ई-ड्युक’ चाँडै लन्च हुने, डिजाइन र प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा

केटीएमको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘ई-ड्युक’ चाँडै लन्च हुने, डिजाइन र प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा

केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ।...

२ लाख ६० हजार भारुमा लन्च भयो नयाँ केटिएम २५० एड्भेन्चर

२ लाख ६० हजार भारुमा लन्च भयो नयाँ केटिएम २५० एड्भेन्चर

केटिएमले भारतमा २५० एडभेन्चरको २०२५ संस्करण लन्च गरेको छ । कम्पनीले यसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...