सडक सुरक्षा विषयमा चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले सडक सुरक्षा विषयक...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले नेपालको प्रतिनिधित्व गर्दै मोटर स्पोर्टस प्रतिस्पर्धामा सहभागी खेलाडी तथा पदाधिकारीलाई सम्मान गरेको छ ।
उक्त अवसरमा नेपालले सन् २०२४ मा स्पेनमा आयोजित वर्ल्ड मोटर स्पोर्टस गेम्समा सहभागिता जनाएको ऐतिहासिक उपलब्धिलाई विशेष रूपमा सम्मान गरिएको नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्य र बोर्ड सदस्यलाई नासा नेपालले स्वागत गर्नुका साथै अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गरेका खेलाडी तथा पदाधिकारीलाई सम्मान गरिएको थियो।
ध्रुव आचार्य, उपाध्यक्षका साथै सदस्यहरु सुवर्णकेशरी श्रेष्ठ, रञ्जना प्रधान श्रेष्ठ, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ,
हिमालकुमार श्रेष्ठ र जगत धामीलाई माननीय मन्त्रीज्यू, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दसरथ रिसालले बधाई पत्र प्रदान गर्दै कार्य सफलताको शुभकामना दिए ।

उक्त अवसरमा नासाका अध्यक्ष दशरथ रिसाल, दिप्रश शाक्य, ईस्पोट्रस विधा, कृष्णप्रसाद पौडेल अटो–सलालम विधा, प्रज्ञा कँडेल अटो–सलालम विधा, यदुराज लामिछाने टोली व्यवस्थापक, टीकाराम यात्री पत्रकार प्रतिनिधिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नासा नेपालका सचिव दिप्रश शाक्यले आफ्नो र्याली सवारी संस्थालाई हस्तान्तरण गरे।
कार्यक्रममा नेपाली परिदृश्यमा साहसिक र पर्यटकीय खेलकुद विषयमा राखेपका पूर्व बोर्ड सदस्य गोविन्द भट्टराई तथा नासा नेपालको प्रस्तावित कार्यक्रम सम्बन्धमा उपाध्यक्ष अनिल कुमार बरालले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सांसदहरू, राष्ट्रिय खेलकुद परिषद् उच्च पदाधिकारी तथा खेलकुद एवं मोटर स्पोर्टस क्षेत्रका प्रतिष्ठित व्यक्तित्व लगायत उपस्थित थिए।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...