८६ स्थानमा एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः, थप १०० स्थानमा चाँडै संचालन हुने

काठमाडौं – दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको कम्पनीको भनाइ छ ।

निकट भविष्यमा थप १०० चार्जिङ स्टेसनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको बताएको छ।

एक विज्ञप्तिमार्फत भनिएको छ – सीसीएस२–कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो। यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लू वृद्धिको दृष्टिकोणलाई सघाउँछ र व्यक्ति एवम् व्यवसायहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो पनि बनाउँछ। कुशल चार्जिङ सुविधाहरूको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवद्र्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्दछ।

एमएडब्लू वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ। बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध भएको बताइएको छ।

फोटोन नेपाल संचालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो जसले सन् २०१४ देखि नेपालभरि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ। व्यावसायिक र विद्युतीय सवारी साधनहरूमा विशेषज्ञता हासिल गर्दै एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै भरपर्दो स्टक, सजिलै उपलब्ध पार्टपुर्जा र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप...

लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

काठमाडौं–लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्सले बाजी मारेको छ ।...

लुम्बिनीमा अलपत्र छन् अनुदानका विद्युतीय सवारी

लुम्बिनीमा अलपत्र छन् अनुदानका विद्युतीय सवारी

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...