१५० किलोमिटर रेन्ज दिने याडियाको नयाँ स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘इपोक’ स्कुटरको बिक्री सुरु गरेको छ । यस नयाँ स्कुटर नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको दाबी गरिएको छ । कम्पनीले यसको मूल्य २ लाख ३५ हजार निर्धारण गरेको छ ।

याडिया इपोकमा ७२ भोल्ट ३८ एम्पियर आवरको ग्रेफिन ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा १५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यसमा जडान गरिएको ३ हजार वाट क्षमताको ह्विल हब मोटरले १५० एनएम टर्क प्रदान गर्दछ । १२ डिग्रीको उकालोमा ३० मिनेसम्म लगातार चलाउन सकिने यस स्कुटर १६ डिग्रीसम्मको ढलानयुक्त उकालो चढ्न सक्षम छ ।

स्कुटरमा ३८० एमएम पेडल स्पेस राखिएको छ, जसले थप आरामदायक यात्राको सुनिश्चितता गर्छ भने ६३० एमएम लामो सिटका कारण दुईजना यात्रुले आरमदायी यात्रा गर्न सक्नेछन् । साथै यसमा ३० लिटर क्षमतको स्टोरेज बक्स राखिएको छ ।
सुरक्षित यात्राका लागी यसको दबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ ।

मोटरसाइकलको जस्तै शक एब्जर्भरका कारण असमान सडकमा पनि स्थिर र सहज यात्रा गर्न सकिन्छ । यस स्कुटरमा १७० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ ।

याडिया एपमार्फत नै लक र अनलक गर्न मिल्ने यस स्कुटरमा ग्रिल आकारको आकर्षक हेडलाइट र कार ग्रेड स्टोभिङ फिनिशिङ दिइएको छ । कम्पनीले यसको ब्याट्री र मोटरमा २ वर्ष अर्थात २० हजार किलोमिटर वारेन्टि दिने बताएको छ ।

लगातार ७ वर्षसम्म विश्वकै अग्रणी बिद्युतिय स्कुटर ब्रान्डका रुपमा परिचित याडियाले हालसम्म १० करोडभन्दा बढी यूनिट स्कुटर बिक्री गरिसकेको जनाइएको छ । नेपाली बजारमा पनि यस ब्रान्डको उपस्थिती बलियो बन्दै गएको कुजु नेपालका निर्देशक उमिद श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि...

बीवाईडीले सार्वजनिक ग-यो अर्को छुट्टै ‘एफ’ ब्रान्ड, पहिलो गाडी ‘एसयूभी’ हुने

बीवाईडीले सार्वजनिक ग-यो अर्को छुट्टै ‘एफ’ ब्रान्ड, पहिलो गाडी ‘एसयूभी’ हुने

विश्वबजारमै उदयीमान कार निर्माताका रुपमा स्थापित चिनियाँ अटो निर्माता...

नेटा भी आजदेखि बजारमा, ग्राउन्ड क्लियरेन्स र मूल्यमा ईभी पारखीको चासो

नेटा भी आजदेखि बजारमा, ग्राउन्ड क्लियरेन्स र मूल्यमा ईभी पारखीको चासो

सीजी मोटर्सले आजदेखि नेटा भी नेपाली बजारमा उपलब्ध गराउने भएको छ । केही दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...