ग्रेटवाल मोटर्सले छुट्टै लक्जरी ब्रान्ड ‘कन्फिडेन्स अटो’ ल्याउने, सुरुवाती मूल्य नै १ लाख ४० हजार डलर

काठमाडौं– चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लुएम) ले लक्जरी सेग्मेन्टमा छुट्टै ब्रान्ड लन्च गर्ने भएको छ । जीडब्लुएमले ‘कन्फिडेन्स अटो’ ब्रान्डमा प्रिमियम कार उत्पादन गर्न लागेको हो । जसका लागि कम्पनीले सन् २०२२ मै ब्रान्ड दर्ता समेत गरिसकेको थियो ।

जीडब्लुएमले ल्याउने सो नयाँ लक्जरी ब्रान्डले मुलतः बीवाईडी याङवाङसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ । सो नयाँ ब्रान्डले उत्पादन गर्ने कारको शुरुवाती मुल्य नै १ लाख ४० हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ ।

कन्फिडेन्स अटो नाममा कम्पनीले हाईब्रिड र इलेक्ट्रिक दुबै मोडल उत्पादन गर्ने योजना बनाएको छ । जसअनुसार पहिलो मोडल यसै वर्षको मे महिनातिर लन्च हुने आँकलन गरिएको छ । यस नयाँ ब्रान्डमा जीडब्लुएमले सुपर कार र सेडान भर्सन लन्च गर्न लागेको हो ।

त्यसो त जीडब्लुएमले अहिले पनि ‘हाई इन्ड’ ब्रान्डका रुपमा ट्यांक, वेई र सलुन अटोलाई बजारमा उतार्दै आएको छ । नयाँ ब्रान्ड ‘कन्फिडेन्स अटो’ यी तीनवटै ब्रान्डमाथी रहने उल्लेख गरिएको छ । कम्पनीले ओरा नाममा बिद्युतिय कार समेत उत्पादन गर्दै आएको छ । जुन नेपाली बजारमा समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...

दुई दिन पछि सार्वजनिक हुँदै शाओमीको पहिलो इलेक्ट्रिक कारको विवरण, कौतुहलता बढ्दै

दुई दिन पछि सार्वजनिक हुँदै शाओमीको पहिलो इलेक्ट्रिक कारको विवरण, कौतुहलता बढ्दै

चाइनिज टेक कम्पनी शाओमीको टेक्नोलोजी इभेन्ट ‘स्ट्राइड’ आगामी डिसेम्बर २८...

प्रतिघन्टा १५ किमीको स्पिडमा चन्द्रमामा इलेक्ट्रिक बाइक गुडाइने, आयो कन्सेप्ट

प्रतिघन्टा १५ किमीको स्पिडमा चन्द्रमामा इलेक्ट्रिक बाइक गुडाइने, आयो कन्सेप्ट

जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...