सुदूरपश्चिमाञ्चल अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्कर ओझा

सुदूरपश्चिमाञ्चल अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न साधारण सभाद्वारा ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले सो साधारण सभाको उदघाटन गरेका थिए । कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए ।

त्यसैगरी सदस्यहरुमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भए भने विनोद बलायरलाई समितिको सदस्य मनोनित गरियो ।

साधारण सभाले धनगढी अटोक्रस र -याली, मोटरसाइकल फ्ल्याट रेसिङ्, टुरिङ -याली तथा सडक सुरक्षाको लागि युवा कार्यशाला जस्ता कार्यक्रम समेत पारित गरेको छ।

कर्णाली प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिब विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ तथा मार्शल कमिसनका सचिब आशिष रौनियारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिएका थिए ।

सो अवसरमा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघहरूका क्यालेण्डर बारेमा प्रकाश पारेका थिए ।

यो भन्दा पहिले ओझाकै नेतृत्वमा तदर्थ समिति कार्यरत थियो । अहिले भने साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

सम्बन्धित समाचारहरू

नेपाल सिम रेसिङ सिरिजको विजेता बने निमन शाक्य

नेपाल सिम रेसिङ सिरिजको विजेता बने निमन शाक्य

काठमाडौं – ई–स्पोर्ट्स अन्तर्गत नेपाल सिम रेसिङ सिरिज गत बिहीबार...

काठमाडौंमा आयोजना भयो भिन्टेज गाडीहरुको र्‍याली, ४२ शीर्षकमा दिइयो पुरस्कार

काठमाडौंमा आयोजना भयो भिन्टेज गाडीहरुको र्‍याली, ४२ शीर्षकमा दिइयो पुरस्कार

काठमाडौं – काठमाडौंमा शनिबार क्लासिक कार/बाइक र्‍याली आयोजना भएको छ।...

टु ह्विल टुरिङ र सेफ्टी राइडिङ इनिसिएटिभ वापत नासा नेपालले पायो एफआईएम फेमिली ट्रफी

टु ह्विल टुरिङ र सेफ्टी राइडिङ इनिसिएटिभ वापत नासा नेपालले पायो एफआईएम फेमिली ट्रफी

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटरसाइकलको क्षेत्रमा प्रदान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...