नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी
काठमाडौं – नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा...
काठमाडौं–बिद्युतिय गाडी(ईभी) को बिक्रीमा निकै आक्रमक तवरले प्रस्तुत हुँदै आएको व्यवसायिक घरना सिजी मोटर्सले अर्को नयाँ ईभी ब्रान्ड ‘जेटुर’ नेपाल ल्याउने भएको छ । जेटुर नेपाल ल्याउन सिजी मोटर्सका प्रमुख कार्यकारी निर्देशक हेमन्त अग्रवाल र जेटुर इन्टरनेश्नलका भाइस प्रेसिडेन्ट केभिन छुबिच एक सम्झौता भएको हो ।
चेरी ग्रुप अन्तर्गतको जेटुरले चीनमा बिद्युतिय र हाईब्रिड एसयुभी उत्पादन गर्दै आएको छ । यस ब्रान्डले पछिल्लो समय विश्वका अधिकांश देशमा आफ्नो उपस्थिती जनाइसकेको छ । नेपालमा यस ब्रान्डको प्रिमियम एसयुभी उपलब्ध हुने अनुमान गरिएको छ ।
बिद्युतिय कार नेटालाई नेपाल भित्र्याएर अटो व्यवसायमा प्रवेश गरेको सिजी मोटर्सले एकपछि अर्को नयाँ ब्रान्डका ईभी ल्याइरहेको छ । कम्पनीले हाल नेटा सहित एक्सपेङ, स्मार्ट, अवतार, एवोन र दायुन ब्रान्डका बिद्युतिय कार बिक्री गर्दै आएको छ ।
यसैगरी सिजी मोटर्सले कमर्सियल भेइकलमा केवाईसी र किङलङ ब्रान्डका भ्यान तथा माइक्रो वस आयत गर्दै आएको छ भने पिकअपमा रेडारा ब्रान्ड उपलब्ध गराएको छ । नयाँ ब्रान्ड जेटुरको नेपालमा कहिलेदेखि बिक्री सुरु हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी प्रदान गरेको छैन ।
काठमाडौं – नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा...
काठमाडौं– सीजी मोटर्सले नेपाल ल्याउने तयारी गरेको स्मार्ट–१ को २०२४ मोडल...
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको लङ रेन्ज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...