असार ५ देखि म्याङ्गो राइड हुने
दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो...
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल हन्टर ३५० हालसम्म ५ लाख युनिट बिक्री भएको जनाएको छ । अगस्ट २०२२ मा लन्च भएको सो मोटरसाइकल फेब्रुअरी २०२३ सम्ममा १ लाख युनिट बिक्री भएको थियो ।
त्यसपछि अर्को १ लाख युनिट मात्र ५ महिनामा बिक्री गरेको कम्पनीले ५ लाख युनिटको माइलस्टोनमा पुग्न करिब २ वर्ष ५ महिना लगाएको हो । यो रोयल इन्फिल्डको लाइनअपमा सबैभन्दा धेरै बिक्रि हुने मोडल मध्ये एक हो ।
जे प्लेटफर्ममा आधारित यस मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । जसले २०.२ बीएचपी र २७ एनएम उत्पादन गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।
नेपालमा समेत एसेम्वल हुँदै आएको हन्टर ३५० नेपाली राइडरमाझ समेत लोकप्रिय बनिरहेको छ । नेपालमा यसको रेट्रो, मेट्रो–डेपर र मेट्रो रिविल गरी कुल तीन भेरिएन्ट उपलब्ध छ भने मूल्य क्रमशः ४ लाख ५९ हजार, ४ लाख ७५ हजार र ४ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो रोयल इन्फिल्डको लाइनअपमा सबैभन्दा सस्तो मोटरसाइकल समेत हो ।
दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो...
काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...
काठमाडौं – नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...