ओमोडाका ईभी नेपालका लागि सुहाउदो भएको मुख्यमन्त्री लामाको भनाइ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी (विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ओमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा मुख्मन्त्री लामाले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताएका हुन् ।

उनले भने, ‘ओमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ । नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ । पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ । त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ ।’

यसको साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनि चार्जिङ् पोइन्टहरु कम भएको भन्दै यसको लागि नेपाल सरकार र बागमती प्रदेशले पैसा छुटाएको बताए ।

उनले भने, ‘इलेक्ट्रिक गाडीहरु ल्याएपछि यसलाई चार्ज गर्नको लागि ठाँउहरु भने हुनुपर्ने कुरा पनि छ । चार्जिङ् पोइन्टहरु पनि छन् तर यसलाई बढाउनका लागि सरकार र बागमती प्रदेशले पनि चार्जिङ् पोइन्टहरु लागि केही पैसा छुटाएका छौं र यसलाई व्यवस्थित गर्नको लागि श्रम रोजगार तथा यातायात मन्त्रालयले पनि यसलाई गम्भिरताका साथ हेरेको छ ।’

यसको साथै राजस्व घरमै बसेर तिर्न सक्ने, पूरानो व्यवस्थाहरुलाई पनि अध्यावधि गरेर सुलभ बनाउने र २० वर्ष भएका गाडीहरुलाई सबैको जाँच गरेर त्यसलाई नष्ट गर्ने कि पुनःनिर्माण गर्ने भन्ने खालको व्यवस्थापन पनि गरेका उनको भनाई छ ।

सम्बन्धित समाचारहरू

डोङफेङको प्रिमियम ब्रान्ड भोयाले सार्वजनिक ग-यो फ्ल्यागसिप एसयूभीको क्यामोफ्ल्याग टिजर इमेज

डोङफेङको प्रिमियम ब्रान्ड भोयाले सार्वजनिक ग-यो फ्ल्यागसिप एसयूभीको क्यामोफ्ल्याग टिजर इमेज

डोङफेङ मोटरको प्रिमियम न्यु इनर्जी भेइकल ब्रान्ड भोयाले यसको नयाँ युगको...

वाडा अटो शो २०२६ मा बीवाईडीद्वारा विशेष अफर घोषणा, यस्ता छन् अफर

वाडा अटो शो २०२६ मा बीवाईडीद्वारा विशेष अफर घोषणा, यस्ता छन् अफर

पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो...

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...