फोटोन माउन्टेन ईभी र टीएम१ मा अवसरको उत्साह, थोरै डाउन पेमेन्टमा आकर्षक अफर उपलब्ध

काठमाडौं - नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले फोटोन माउन्टेन ईभी र टीएम१ मोडल किन्ने ग्राहकका लागि फोटोन अवसरको उत्साह नामक आकर्षक स्किम ल्याएको छ ।

सो स्किम अनुसार यी दुई ईभी किन्ने ग्राहकले ८० प्रतिशत सम्म फाइनान्स सुविधा प्राप्त गर्नेछन् । माउन्टेन ईभी किन्ने ग्राहकले ९ लाख ९९ हजार र टीएम१ किन्ने ग्राहकले ५ लाख ९९ हजार रुपैयाँ सम्म शुरुमा तिरेर अर्थात डाउन पेमेन्ट गरेर ती ईभीलाई आफ्नो बनाउन सक्ने छन् ।

सो स्किमलाई अझै आकर्षक बनाउनका लागि एक वर्षको निःशुल्क इन्स्योरेन्स र आर्थिक वर्ष २०८१/८२ को सडक कर समेत कम्पनीले नै तिरिदिने सुविधा उपलब्ध हुनेछ । होम चार्जिङ सुविधालाई सहज बनाउनका लागि ७ किलोवाटको चार्जर समेत उपलब्ध गराइने छ ।

यसैगरी स्किम अन्तर्गत फ्रि एसेसरिज र टप अप बेस्ट भ्यालुएसन बोनस समेत उपलब्ध हुनेछ ।

नेपाली ग्राहकको पहुँचमा इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताउदै एमएडब्लु वृद्धिले यो अफर आगामी माघ मसान्त सम्म हुने बताएको छ ।

देशभर रहेका एमएडब्लु वृद्धिका डिलरसिपमार्फत सो स्किमको वारेमा बुझ्न र सवारी साधन समेत खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

काठमाडौं – प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार...

विद्युत प्राधिकरणले एकै पटक सञ्चालनमा ल्यायो ५१ चार्जिङ स्टेसन

विद्युत प्राधिकरणले एकै पटक सञ्चालनमा ल्यायो ५१ चार्जिङ स्टेसन

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण...

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...