नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न, नेपालबाट नाडा अध्यक्ष करण चौधरी सहभागी

काठमाडौं–भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (एसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ ।

सो कार्यक्रममा सहभागी हुँदै नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनलिष्टका रुपमा ‘ओभरभ्यु अफ नेपाल अटो पोलिसिज’का सम्बन्धमा आफनो धारणा राखे ।उनले नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे जानकारी गराए ।

अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका सम्बन्धमा भईरहेको प्रयाशबारे बताउँदै नेपाल सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लान्ट मार्फत उद्योगतर्फ अग्रसर हुदै गएको जानकारी गराए । नेपालमा आइसीई गाडीहरुको आयात घट्दै गएको बताउँदै उनले भने, ‘नेपाल सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेका कारण विद्युतिय सवारी साधनहरुको आयात हरेक बर्ष बढदै गएको छ । सोहीअनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको र नेपाल अहिले विद्युतिय सवारी साधनहरुको हव बन्दै गएको छ ।’

कार्यक्रमलाई दक्षिण अफ्रीकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूतए च.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्याश्री निवासले समेत सम्बोधन गरेका थिए ।

उक्त डायलग कार्यक्रम तीनचरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षमा छालफल भएको हो ।

छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधिलगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले पेनलिष्टका रुपमा आ—आफनो धारणा राखेका थिए ।

सम्बन्धित समाचारहरू

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि...

असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने

असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्ने भएको...

दुर्घटनाका घाइतेको उद्दार कार्यमा खटिने सर्वसाधारणलाई ट्राफिक प्रहरीले विशेष सम्मान गर्ने

दुर्घटनाका घाइतेको उद्दार कार्यमा खटिने सर्वसाधारणलाई ट्राफिक प्रहरीले विशेष सम्मान गर्ने

काठमाडौं – सडक दुर्घटनामा घाइते भएका सवारी धनी वा अन्य सर्वसाधारणलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...