मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनो अटोमोटिभले वान वे क्लच लगायतका विभिन्न नयाँ मोडलका क्लच बजारमा उपलब्ध गराउने भएको छ । भारतको नयाँ दिल्लीमा जारी भारत ग्लोबल मोबिलिटी एक्सपो अन्तर्गत कम्पोनेन्ट्स शोमा मकिनोले विभिन्न मोडलका क्लच सार्वजनिक गरेको छ ।

मकिनोले पहिलो पटक वान वे क्लचको विकास गरेको छ । हिरो मोटोकर्पका लागि आवश्यक क्लच निर्माण गर्ने क्रममा यसको विकास गरिएको हो । हिरोका सुपर स्प्लेन्डर लगायतका विभिन्न मोडलका बाइकमा यसको प्रयोग गर्न सकिने मकिनो अटोमोटिभका डिजाइन एन्ड डेभलपमेन्ट म्यानेजर अतुल मण्डलले बताए ।

त्यसैगरी लिभरलेस क्लच समेत मकिनोले विकास गरेको छ । यसको प्रयोग गर्दा क्लच दबाउनु पर्ने आवश्यकता हुँदैन ।

पियाजिओ लगायतका थ्री ह्विलरमा प्रयोग गर्न सकिने क्लच र अन्य विभिन्न नयाँ मोडलका क्लचको विकास मकिनोले गरेको छ ।

यी मध्ये धेरै क्लच हाल परीक्षणको क्रममा रहेका छन् । परीक्षण पश्चात केही महिनामै यी क्लच बिक्रीका लागि उपलब्ध हुनेछन् ।

मकिनो आफ्टर मार्केट स्पेयर पार्ट्स व्यवसायमा अग्रणी नाम हो । मकिनोका स्पेयर पार्ट्स विशेष गरी टु ह्विलर बजारमा लोकप्रिय छन् ।

नेपाली बजारमा समेत मकिनोका स्पेयर पार्ट्स धेरै ग्राहकले प्रयोग गरेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

काठमाडौं – रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन...

प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...