रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउँदै

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउने भएको छ । होन्डाले हालै भारतमा नियो–रेट्रो रोडस्टरको डिजाइन पेटेन्ट दायर गरेर यसबारे संकेत दिएको हो ।

होन्डाको सो नयाँ मोटरसाइकल हर्नेट २.० मा आधारित हुने र यसले रोयल इन्फिल्ड हन्टर ३५० सँग प्रतिस्पर्धा गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

होन्डाको नयाँ बाइक सामान्य न्याकेड रोडस्टर जस्तो देखिन्छ । यसमा गोलाकार एलईडी हेडल्याम्प र एकल–पड इन्स्ट्रुमेन्ट कन्सोल छ । बाइकमा मस्कुलर ईन्धन ट्याङ्की, चिन फेयरिंग, र सिंगल–पिस सीट देखाइएको छ ।

नयाँ रोडस्टर सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन द्वारा संचालित हुने सम्भावना छ । बाइकमा अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक जडान गरिएको छ । एलोय ह्वील उपलब्ध हुने यस मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिनेछ ।

सम्बन्धित समाचारहरू

परिक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक, छिट्टै लन्च हुने

परिक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक, छिट्टै लन्च हुने

रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

पोखरा – रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा...

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...