३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक कारले सबैको ध्यान खिचेको छ । भाइभ मोबिलिटीले ल्याएको माइक्रो ईभी ‘ईभा’ मूल्यका कारण चर्चामा आएको हो । सो नयाँ कारको सुरुवाती मूल्य ३ लाख २५ हजार भारु तोकिएको छ भने कम्पनीले यसको बुकिङ समेत खुला गरेको छ ।

भाईभ ईभीमा ९ किलोवाट आवर, १२.६ किलोवाट आवर र १८ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ३ मिटर लामो उक्त कारको चौडाई १२०० एमएम, उचाई १५९० एमएम तथा ह्विलवेश २१०० एमएम र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ ।

इभाको अगाडि एलईडी लाइट बार र बम्परमा गोलाकार हेडल्याम्प राखिएको छ । अगाडि जस्तै, पछाडि पनि कनेक्टेड टेलल्याम्पहरू छन् । साथै यसमा १३ इन्चको ह्विल जडान गरिएको छ । अगाडि एउटा ड्राइभर सिट भएको ३–सीटर यस ईभीमा २–स्पोक, फ्ल्याट–बटम स्टेयरिङ ह्वील र दुईवटा स्क्रिन राखएको छ । साथै, यसमा एक मिनी फ्रिज र एक वैकल्पिक सोलार प्यानल समेत उपलब्ध छ ।

कम्पनीका अनुसार १८ किलोवाट आवर भर्सनको रेन्ज २५० किमी रहेको छ भने ९ किलोवाट आवर र १२.६ किलोवाट आवर ब्याट्रीले क्रमशः १२५ किमी र १७५ किमीको रेन्ज प्रदान गर्दछ । सोलार रूफले समग्र रेन्जलाई १० किलोमिटरसम्म बम्प गर्न पर्याप्त ऊर्जा उत्पादन गर्न सक्छ । ब्याट्रीलाई डिसी फास्ट चार्जर प्रयोग गरेर १५ मिनेटमा १० देखी ७० प्रतिशतसम्म र १५ एम्पियरको घरेलु सकेट प्रयोग गरेर ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

एउटामात्रै रियर–माउन्टेड इलेक्ट्रिक मोटर प्रयोग गरिएको यस कारले ४० एनएम टर्क जेनेरेट गर्ने जनाईएको छ । साथै यस ईभीको टप स्पिड ७० किलोमिटर प्रति घण्टा छ ।

सम्बन्धित समाचारहरू

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार...

नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

काठमाडौं – ईभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...