स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा मकासले सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज सार्वजनिक गरेको छ । आफ्टर मार्केट अटो पार्ट्स उत्पादनका लागि विशेष गरी क्लच लगायतका पार्ट्स उत्पादनका लागि लोकप्रिय कम्पनी मकास अटोमोटिभ अब फिल्टर उत्पादनमा समेत लाग्ने घोषणा गरेको हो ।
मकासले आयल फिल्टर र एयर फिल्टर लगायतका सबै रेन्ज उपलब्ध गराउने र यसको उत्पादन शुरु भएको मकास अटोमोटिभका डिजाइन हेड सञ्जिव प्रसादले नेपाल अटोलाई बताए ।
माइक्रो नानो पार्टिकलयुक्त एयर फिल्टर र ल्युव आयलयुक्त फिल्टर लगायतका प्रविधिले मकासको फिल्टरलाई विशेष सुविधायुक्त बनाउने उनले बताए ।

सबै प्रकारका हेभी कमर्सियल भेइकल सम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ । कम्पनीले १६० डाया देखि ४३० डाया सम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलर देखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ ।
टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, क्लच एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...