ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

काठमाडौं - ठेकेदार कम्पनी आषिश–समानान्तर–रेलिगेर जेभी काठमाडौंलाई ग्वार्को फ्लाइओभर निर्माण गर्दा ठूलो घाटा लागेको पाइएको छ । फ्लाइओभर बनाउँदा निर्माण कम्पनीले ठेक्का पाएको रकम भन्दा बढी खर्च भएपछि घाटा भएको देखिएको हो ।

फ्लाइओभर बनाउँदा ठेक्का सम्झौता भन्दा डबल खर्च भएको उक्त निर्माण कम्पनीका परियोजना प्रबन्धक कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

‘नेपालको यो पहिलो आयोजना भएकाले हामीलाई यसको खर्चको अनुमान भएन, जिम्मा लिइसकेको भएकाले जनतालाई समस्या नहोस् भनेर आफैले खर्च थपेर निमार्ण पूरा गर्नमा लाग्दै छौं,’ उनले भने । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त कम्पनीलाई २०७८ फागुन १२ गते १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा फ्लाइओभर बनाउने जिम्मा दिएको थियो ।

यद्यपि उक्त फ्लाइओभर बनाउँदा अहिलेसम्म करिव ४४ करोड खर्च भइसकेको श्रेष्ठले बताए । सम्झौतामा नभए पनि काम गर्दै जाँदा थपिका कामले समय र खर्च बढेको श्रेष्ठको भनाई छ ।

श्रेष्ठका अनुसार तीनवटै निर्माण कम्पनीले १५÷१५ करोड रुपैयाँ निर्माणका लागि थप लगानी गर्नुपर्ने भएको छ । परियोजनाको सुरुमै समय र खर्चको सहि अनुमान नहुँदा निमार्ण कम्पनीले घाटा बेहोरिरहेको श्रेष्ठले उल्लेख गरे ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त कम्पनीलाई २ वर्षको म्याद राखी २०८० फागुन ११ गतेसम्म निमार्ण कार्यसक्ने गरी जिम्मा दिएको थियो । तर, फ्लाइओभरको नक्सा परिवर्तन गरी निर्माणको कार्य सुरु गर्न ढिलाइ हुँदा सम्पन्न गर्न सकस परेको थियो ।

उक्त विषयलाई मध्यनजर गरी म्याद थप गरेर २०८१ पुस ८ गतेसम्म आयोजनाको काम सक्ने लक्ष्य राख्यो । तर, आयोजना निर्माणको समयअवधि सकिएता पनि फ्लाइओभर भने काम अझै सकिएको छैन । म्याद थपिएको अवधिमा पनि फ्लाइओभर काम नसकिएपछि निर्माण कम्पनी अहिले पुनः म्याद थपको लागि सडक विभाग धाइरहेको छ ।

कम्पनीले फेरि म्याद थप्ने प्रस्ताव गर्दा सडक विभागले नस्विकारेको श्रेष्ठले जानकारी दिए । फ्लाइओभरको निर्माण कार्य अझै नसकिएकाले निर्माण कम्पनीले अब दैनिक ८८ हजार रुपैयाँ हर्जना तिर्नुपर्ने सडक विभागले बताएको छ ।

कहिले सकिन्छ काम ?

फ्लाइओभरको काम सक्ने विषय अझै अन्योलमा छ । निर्माण कम्पनी वा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका पदाधिकारीले १/२ महिनाभित्रै काम सकिएर सञ्चालनमा आउँछ भनेता पनि उक्त आयोजनाको काम सक्न अझै समय लाग्ने भएको हो ।

अहिलेसम्म करिव फ्लाइओभरको ९० प्रतिशत निमार्ण कार्य पूरा भइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार कालोपत्रे साथै ट्राफिक लाइट जडान लगायतका काम भने बाँकी छन् । कोटेश्वरतर्फ निमार्ण लगभग सकिए पनि सातदोबाटोतर्फ भने काम बाँकी भएको श्रेष्ठको भनाई छ ।

‘कालोपत्रे र ट्राफिक लाइट लगायतको काम बाँकी छ, यो सबै सकेर फ्लाइओभर सञ्चालनमा ल्याउन अझै ३/४ महिना लाग्छ,’ उनले भने । कम्पनीले पेस गरेको फ्लाइओभरको डिजाइनलाई स्वीकृत गर्न समय लागेको भएकाले अवरोध आएको श्रेष्ठको बुझाई छ ।

सम्बन्धित समाचारहरू

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी हुँदै

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी हुँदै

रामेछाप – असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले...

धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने

धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं– दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ...

नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको सोमबार शिलान्यास हुने

नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको सोमबार शिलान्यास हुने

नारायणी नदीमा बन्ने एड्भान्स टेक्नोलोजीको सिग्नेचर ब्रिजको शिलान्यास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...