विद्युतीय गाडीको प्रविधि बुझाउन पोखरामा सेमिनारको आयोजना

पोखरा - विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले पोखरामा तालिम तथा वर्कसप सम्पन्न भएको छ । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल अन्तर्गतको भीजी मोटर्सले पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा सोमबार कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा बोल्दै पूजा कन्स्ट्रक्सन तथा भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले विद्युतीय सवारीको भविष्य राम्रो रहेको बताउँदै विद्युतीय गाडीको नयाँ प्रविधिबारे पनि सबैले बुझ्नुपर्ने धारणा राखे ।

तालिममा सहभागीहरुलाई इन्जिनियर दिनेश दाहाल, इन्जिनियर नजाम रायमले विद्युतीय सवारीको प्रविधि लगायत विविध विषयमा प्रशिक्षण दिएका थिए ।

नेपालमा जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरु उपलब्ध छन् । कम्पनीले ‘एसआरएम र जोयलङ अगाडि बढौं, प्रदुषण हटाऔं’ अभियानसहित देशभर विविध कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

पोखरामा पनि लन्च भयो ओमोडा ई५ प्रो, यस्ता छन् विशेष प्रारम्भिक अफर

पोखरामा पनि लन्च भयो ओमोडा ई५ प्रो, यस्ता छन् विशेष प्रारम्भिक अफर

पोखरा – गण्डकी प्रदेशका लागि ओमोडा जेइको तथा आईकार सवारी साधनहरूको...

२०२२ मा १ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बेच्यो ओलाले, यस्तो छ कम्पनीको भविष्यको योजना

२०२२ मा १ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बेच्यो ओलाले, यस्तो छ कम्पनीको भविष्यको योजना

भारतमा ओला इलेक्ट्रिकले अगस्ट २०२१ मा एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर...

शारीरिक अशक्त तथा वृद्धवृद्धाका लागि उपयोगी तीन पांग्रे इलेक्ट्रिक स्कुटर नेपालमा

शारीरिक अशक्त तथा वृद्धवृद्धाका लागि उपयोगी तीन पांग्रे इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...